सिंह उल्कावर्षाका रोचक तस्विर
आइतबार, ०७ मङ्सिर २०७७, ०० : १५
खगोलमा रुचि हुने – जानकारी राख्नेहरुका लागि खगोलीय घटनाक्रमहरु कम्ता रोमाञ्चक, रमाइलो र ज्ञानबर्धक हुँदैन ! त्यस्तै एउटा खगोलीय घटनाक्रम हो– सिंह उल्कावर्षा ।
सोही उल्कावर्षाको उच्चतम गतिविधि भएको बेला मंसिर २ गतेदेखि ५ गतेसम्म नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो) को एक टीम त्यसको अध्ययन गर्न कास्कीको पुम्दीकोट तथा पोखरा पुगेका थिए । सोही अवसरमा टीमले उल्काका सुन्दर दृश्यहरुलाई क्यामेरामा समात्न सफल भएका छन् ।
सो टीमका आयोजना संयोजक मनिषा द्वाले ती दृश्यहरुलाई कैद गरेकी हुन् । उनी विगत ७ वर्षदेखि ल्याण्डस्केप एस्ट्रोफोटोग्राफी गर्दै आएकी छिन् । नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएअनुसार, सिंह उल्कावर्षाको दृश्यलाई नासोले यसरी क्यामेरामा कैद गर्न सफलता प्राप्त गरेको पहिलो पटक हो ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण