दाङमा कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु
दाङमा कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ । शनिबार साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको हो ।
कुर्सीबाट लडेर टाउकोमा गम्भीर चोट लागेका तुलसीपुर उपमहानगरपालिका–११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरहवामा थप उपचार हुँदै गर्दा मृत्यु भएको हो । उनको टाउकोमा आन्तरिक रक्तस्राव भएको थियो । भण्डारी विगत लामो समयदेखि अस्वस्थ रहँदै आएको तुलसीपुर–११ का वडा सदस्य सुवास डाँगीले बताए ।
भण्डारी साविक उरहरी गाविसको अध्यक्ष हुनुका साथै उरहरी गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए । उनले करिब दुई दशक सत्तामा रहेर काम गरेको डाँगीले बताए । साथै उनले नेपाली कांग्रेसको तत्कालीन दाङ क्षेत्र नं ४ को सभापति, अमर मावि उरहरीका पूर्वअध्यक्ष भएरसमेत काम गरेका छन् । उनका चार छोरा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण