सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

समायोजन नभएका कर्मचारीलाई यथास्थानबाटै सेवा दिन निर्देशन

सोमबार, ०८ मङ्सिर २०७७, १३ : ४७
सोमबार, ०८ मङ्सिर २०७७

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र  स्थानीय तहमा समायोजन भइ रमना लिन बाँकी रहेका स्वास्थ्यकर्मीलाई हाल कार्यरत कार्यालयमै खटिन निर्देशन दिएको छ । कोभिड अवधिभर ती स्वास्थ्यकर्मीलाई हाल कार्यरत स्थानमै खटिएर सेवा दिन मन्त्रालयको सचिवस्तरिय बैठकले निर्देशन दिएको हो । 

कर्मचारी कार्यरत कार्यालयलाई त्यहीबाट तलब खुवाउन समेत सरकारले  निर्देशन दिएको छ । हाल अस्पतालमा कार्यरत तर अन्य कार्यालयमा समायोजन भएका स्वास्थ्यकर्मीहरुलाई पनि कोभिड अवधिभर रमना नदिई साविक अस्पतालले काममा लगाइ तलब भत्ता ख्वाउनुपर्ने भएको छ । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप