हुम्लामा पुनःटेलिफोन सेवा अवरुद्ध
हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेका चारवटा गाउँपालिकामा पुनः सञ्चार विच्छेद भएको छ । नमस्ते टेलिफोनले काम नगर्दा यहाँका नागरिकले पटकपटक सास्ती खेप्दै आउनुपरेको छ । जिल्लाका सर्केगाड, अदानचुली, खार्पुनाथ, ताजाकोट, चङ्खेली, नाम्खा र सिमकोट गाउँपालिकाभित्र नौवटा नमस्ते टेलिफोनका टावर निर्माण गरिएको भए पनि सन्तोषजनक काम नगरेको यहाँका स्थानीयले गुनासो गरेका छन् ।
जिल्लाको तल्लो क्षेत्रमा रहेको कालिकाको नमस्टे टेलिफोन सेवाले करिब एक महिना बढीदेखि काम गर्न छोडेको छ । यस्तै सर्केगाड गाउँपालिकाको भदालीमा रहेको नमस्ते टेलिफोन सेवाले महिनौँदेखि काम गर्न छोडेको स्थानीय शुरबहादुर रोकायाले बताए । पटकपटक मर्मतका लागि नेपाल टेलिकममा खबर गर्दा कुनै सुनुवाइ नभएको उनको गुनासो छ ।
राम्रोसँग मर्मत हुन नसक्दा जिल्लाको तल्लो क्षेत्रमा रहेको ताजाकोट, चङ्खेली, अदानचुली गाउँपालिकामा केही समय अगाडि मर्मत भएको भनिएको नमस्ते टेलिफोन सेवा फेरि अवरुद्ध भएको छ । विगत लामो समयदेखि हुम्लाको नमस्तेको टावरले काम नगर्दा मोबाइलमा रहेको रुपैयाँ मात्र सकिने तर फोन नहुने समस्या आएको उनले बताए ।
सातवटै गाउँपालिकाभित्रका करिब ५० हजारभन्दा बढी नागरिक यो सेवाबाट बञ्चित हुनुपरेको छ । एक अर्कामा फोन गर्दा नसुनिने अवस्था अझैँसम्म पनि नहटेको स्थानीयको गुनासो रहेको छ । जिल्ला बाहिर रहेका आफन्तसँग कुरा गर्न खोज्दा पनि फोन नभएपछि विभिन्न काममा बाधा परेको चङ्खेली गाउँपालिकाका स्थानीय विष्णुभक्त जैसीले बताए ।
चङ्खेली गाउँपालिका मेल्छाममा रहेको नमस्तेको टावरले कात्तिक ९ गतेदेखि काम नगरेपछि सो ठाउँका करिब आठ हजार नागरिक टेलिफोन सेवाबाट बञ्चित हुनुपरेको यहाँका स्थानीयले गुनासो गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण