च्याम्पियन्स लिग : रोनाल्डोद्वारा मेस्सीको कीर्तिमान बराबरी
क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा लियोनेल मेस्सीको अर्को कीर्तिमान बराबरी गरेका छन् । मंगलबार राति भएको खेलमा फेरेंकभारोसविरुद्ध गोल गर्दै युभेन्टसका स्ट्राइकरले आफ्नो घरेलु मैदानमा ७० गोल गर्ने मेस्सीको कीर्तिमान बराबरी गरेका हुन् ।
आन्द्रे पिर्लोको टोली मिट्रो उजुनीको गोलले खेलको १९ औँ मिनेटमा पछि परेको थियो । तर, रोनाल्डोले १६ मिनेटपछि गोल गर्दै खेल बराबरी गरेका थिए । हुवान क्वाड्राडोको पासमा रोनाल्डोले गोल गरेका थिए । इन्जुरी समयमा अल्भारो मोराटाले गोल गर्दै युभेलाई जीत दिलाए । जीतसँगै युभे प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
३५ वर्षीय खेलाडीले यो सिजन पनि उत्कृष्ट सुरुवात गरेका छन् । इटालियन सिरिए ए मा उनले पाँच खेलमा ८ गोल गरेका छन् । यता, च्याम्पियन्स लिगमा कोभिड–१९ को संक्रमणका कारण पहिलो दुई खेल गुमाएका रोनाल्डोले यो सिजन प्रतियोगितामा पनि खाता खोल्न सफल भएका छन् ।
१७२ खेलमा १३१ गोलसहित प्रतियोगितामा रोनाल्डो सर्वाधिक गोलकर्ता हुन् । रियल म्याड्रिडका पूर्व स्ट्राइकरले हालसम्म पाँच पटक प्रतियोगिता जितेका छन् ।
केही समयअघि मात्र उनले अन्तर्राष्ट्रिय खेलमा पनि १ सय गोल पुरा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
-
दुर्घटनाबाट बचाएको भन्दै शान्ति श्रीले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद
-
उपेन्द्र यादवकै पक्षमा दृढताका साथ उभिन जसपा मधेस प्रदेशको आग्रह
-
बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ
-
पाँच सय ७२ रोपनी जमिनमा भ्रष्टाचार गरेको अभियोगमा केही व्यक्ति दोषी ठहर