च्याम्पियन्स लिग : रोनाल्डोद्वारा मेस्सीको कीर्तिमान बराबरी
क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा लियोनेल मेस्सीको अर्को कीर्तिमान बराबरी गरेका छन् । मंगलबार राति भएको खेलमा फेरेंकभारोसविरुद्ध गोल गर्दै युभेन्टसका स्ट्राइकरले आफ्नो घरेलु मैदानमा ७० गोल गर्ने मेस्सीको कीर्तिमान बराबरी गरेका हुन् ।
आन्द्रे पिर्लोको टोली मिट्रो उजुनीको गोलले खेलको १९ औँ मिनेटमा पछि परेको थियो । तर, रोनाल्डोले १६ मिनेटपछि गोल गर्दै खेल बराबरी गरेका थिए । हुवान क्वाड्राडोको पासमा रोनाल्डोले गोल गरेका थिए । इन्जुरी समयमा अल्भारो मोराटाले गोल गर्दै युभेलाई जीत दिलाए । जीतसँगै युभे प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
३५ वर्षीय खेलाडीले यो सिजन पनि उत्कृष्ट सुरुवात गरेका छन् । इटालियन सिरिए ए मा उनले पाँच खेलमा ८ गोल गरेका छन् । यता, च्याम्पियन्स लिगमा कोभिड–१९ को संक्रमणका कारण पहिलो दुई खेल गुमाएका रोनाल्डोले यो सिजन प्रतियोगितामा पनि खाता खोल्न सफल भएका छन् ।
१७२ खेलमा १३१ गोलसहित प्रतियोगितामा रोनाल्डो सर्वाधिक गोलकर्ता हुन् । रियल म्याड्रिडका पूर्व स्ट्राइकरले हालसम्म पाँच पटक प्रतियोगिता जितेका छन् ।
केही समयअघि मात्र उनले अन्तर्राष्ट्रिय खेलमा पनि १ सय गोल पुरा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण