सलमान खानले २५० करोडको अफर अस्वीकार गर्न १ सेकेन्ड पनि लगाएनन्
सलमान खान आफ्नो मनको कुरा सुन्छन्, कहिले के गर्छन् कसैलाई पनि थाहा हुँदैन । सलमानको फिल्म राधे तयार भइसकेको छ र अब यसलाई दर्शकमाझ पुर्याउनका लागि सामान्य परिस्थितीको प्रतिक्षा गरिँदै छ । फिल्म ईदमा रिलिज हुनसक्ने पनि अनुमान गरिएको छ ।
फिल्म राधेको विषयमा पछिल्ला दिनमा विभिन्न प्रकारको अडकलबाजी गरिएको छ । तीमध्ये एक ओटीटी प्लेटफर्मको विषयमा थियो । बलिउडका थुप्रै निर्माताको अहिलेको पहिलो रिलिज भनेको ओटीटी प्लेटफर्म नै हो ।
सिंगल स्क्रिन सिनेमाघरहरुका लागि सबैभन्दा धेरै कमाई सलमानको फिल्मबाट हुन्छ र उनीहरु राधेलाई व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् ।
केही दिन अघि ओटीटी प्लेटफर्मका राधेलाई देखाइने भनिएको थियो, यसको व्यापक चर्चा हुनु स्वभाविक थियो । सलमानसँग जोडिएको स्रोतका अनुसार एक ओटीटी प्लेटफर्मले सलमानलाई २५० करोड भारुको अफर पनि दिएको थियो ।
तर स्रोतका अनुसार सलमानले यो अफर अस्विकार एक एक सेकेन्ड पनि लगाएनन्। उनले फिल्म सिनेमाघरमा नै रिलिज हुने स्पष्ट पारिदिए ।
राधेका निर्देशक प्रभुदेवाले पनि सलमानको फिल्मलाई सुरुमा डिजिटलमा देखाउने कुनै सोच नभएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण