थ्रिलर फिल्म ‘दुर्गामती’को ट्रेलर सार्वजनिक
बुधबार, १० मङ्सिर २०७७, १५ : ३१
मुम्बई । अभिनेत्री भूमि पेडनेकरको हरर थ्रिलर फिल्म ‘दुर्गामती’को ट्रेलर रिलिज भएको छ । फिल्ममा भूमिले चंचल चौहान नामको एक आइएएस अफिसरको भूमिका निर्वाह गरेकी छन् ।
३ मिनेट २० सेकेन्डको फिल्मको ट्रेलर डरलाग्दो देखिएको छ । यो फिल्म साउथको फिल्म ‘भागमति’को हिन्दी रिमेक हो । यसमा मुख्य भूमिका अभिनेत्री अनुष्का शेट्टीले निर्वाह गरेकी थिइन् ।
‘दुर्गामती’का ट्रेलर रहस्य र रोमान्सले भरिएको छ । डर, बदला, धोका लगायत विषयले भरिएको छ ।
फिल्म बलिउडका खेलाडी कुमार अक्षय कुमार प्रोडक्शनबाट बनेको हो । फिल्मको ट्रेलर अक्षयले आफ्नो सामाजिक संजालबाट पनि शेयर गरेका छन् । फिल्मको कथा तथा निर्देशन अशोकले गरेका हुन् । फिल्म ११ डिसेम्बरको अमेजन प्राइममा रिलिज हुँदैछ ।
फिल्ममा माही गिल, जीशु सेनगुप्ता, करण कपाडिया र अरशद वारसीको पनि मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण