जब जयाले रेखालाई अमिताभसँगको सम्बन्ध अन्त्य गर्न सुझाव दिइन्...
एजेन्सी – बलिउड अभिनेत्री रेखा र महानायक अमिताभ बच्चनको प्रेम कहानी अधुरै रह्यो । उनीहरुको प्रेमसम्बन्धका किस्साहरु भने अझै चर्चामा आउने गर्छन् । सन् १९७६ मा आएको फिल्म ‘दो अनजाने’ को सेटबाट सुरु भएको अमिताभ र रेखाको प्रेमकथाले त्यससमयदेखि आजसम्म नै ठूलो स्थान पाउने गरेको छ ।
रेखाले आफ्नो सम्बन्धको बारेमा खुलेर कुराकानी गर्ने गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । ८० को दशकमा मिडियामा रेखाले दिएको अन्तरवार्तामा रेखाको निशानामा जया बच्चन परेकी थिइन् । उनले जया बच्चनलाई ‘बिचारी महिला’ समेत भन्न भ्याएकी थिइन् । रेखाले उक्त अन्तरवार्ताका कारण निकै चर्चामा आएकी थिइन् । त्यति मात्र होइन जयाले पनि अर्को अन्तरवार्तामा रेखालाई विभिन्न आरोप लगाएकी थिइन् ।
मिडिया रिपोर्टका अनुसार एक अन्तरवार्तामा रेखाले भनेकी थिइन्, ‘म त दोस्रो महिला हुन् । त्यसैले मैले के भन्छु यसले के फरक पार्छ ? कसैको भित्रि कुरा जान्दिन । किनकी दोस्रो व्यक्ति सजिल्यै बिचारी बन्छन् । किनकी यही नै सही हो । म त बस फ्रि हुँ । किनकी कोही पनि यस्तो गर्न सक्दैन । म उसलाई छोड्न सक्दिन ।’
मिडिया रिपोर्टका अनुसार जया बच्चनले आफूलाई प्रेम गर्ने व्यक्तिको लागि कसैसँग पनि सम्झौता गर्न नसक्ने बताएकी थिइन् । उनले आफ्ना इच्छाहरु मारेर अर्कैसँग प्रेम गर्ने व्यक्तिसँग एउटै घरको छतमुनि बस्नु राम्रो होइन त्यसैले बाहिरी सम्बन्धलाई समाप्त गर्नु नै उचित हुने समेत बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण