भारती सिंहले कपिल शर्माको शोमा गायिका नेहा कक्कडको मजाक उडाइन्
ड्रग्स मामिलामा पक्राउ परेकी हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियाले जमानत पाएका छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरोको छापमारीमा उनीहरुको घर र कार्यालयबाट ८६.५ ग्राम गाँजा बरामद गरिएपछि उनीहरुलाई पक्राउ गरिएको थियो ।
यस्तै, भारती सिंह एकपटक पुनः कपिल शर्मा शोमा देखिइन् । भारतीले शोमा गायिका नेहा कक्कडको मजाक उडाइन् । कपिल शर्माको यो एपिसोड भारतीको गिरफ्तारी अघि सुट भएको थियो र उनको गिरफ्तारी भएको केही घण्टापछि प्रशारण भएको थियो । कार्यक्रममा भारतीले हिमेश रेश्मिया, विशाल ददलानीसमेत आदित्य नारायणको स्वागत गरिरहेकी थिइन् । जब उनले नेहा कक्कडबारे कुरा गर्दै उनी कहाँ छिन् भनेर सोधिन् र उनको उचाईको मजाक उडाइन् ।
उनले हिमेश, विशालसमेत आदित्यलाई सोधे, ‘तपाईं इन्डियन आइडलबाट आउनुभएको छ । उनी कहाँ छिन् ? नेहा कक्कड ?’ र नजिकै रहेको केरामा उनलाई खोजेको अभिनय गर्न थालिन् । आदित्य नारायणले भारतीलाई उनको भर्खरै विवाह भएको बताए । यसमा उनले टिप्पणी गर्दै भनिन्, ‘हो, मैले सोसल मिडियामा उनको कोठाको भिडियो हेरेकी थिएँ जसलाई फूलले सजाइएको थियो ।’
त्यसपछि उनले ठट्यौली पारामा भनिन्, ‘उनी आफ्नो श्रीमानसँग मिलेर मेरो र मेरा श्रीमान् हर्षको उद्घोषणको काम खोज्ने कोसिस गरिरहेकी छिन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण