कुटपिट गरी श्रीमतीलाई जबरजस्ती गर्ने श्रीमान पक्राउ
काठमाडौँ । आफ्नै श्रीमतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । श्रीमतीले कुटपिट गरी जबर्जस्ती करणी गरी यातना दिने गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
श्रीमती सावित्री (नाम परिवर्तन) ले जिल्ला प्रहरी कार्यालय बर्दियामा जाहेरी दिएपछि प्रहरीले श्रीमान मोहन (नाम परिवर्तन) लाई बुधबार पक्राउ गरेको लुम्बिनी प्रदेशका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजकुमार बैदवारले जानकारी दिए ।बर्दियाको बाँसगढी नगरपालिका–९ बस्ने ४४ वर्षीय श्रीमानले ३१ वर्षीया श्रीमतीलाई जबरजस्ती करणी गरेको जाहेरी आएपछि श्रीमानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जाहेरीमा श्रीमतीले ‘राती–राती यातना दिई मेरो इच्छा विपरित जबरजस्ती करणी गर्ने गरेकाले श्रीमानलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरि पाउँ भन्ने उल्लेख गरेकी छिन् । अभियुक्त श्रीमानलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण