बेलायत अपडेटः २४ घन्टामा थप ५२१ संक्रमितको मृत्यु
लन्डन । बेलायतमा गएको २४ घन्टामा थप ५२१ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ जानकारी दिएको छ । पछिल्ला दिनहरुमा बेलायतमा दैनिक पाँच सयदेखि ७ सयको हाराहरीमा कोरोना संक्रमितको मृत्यु भैरहेको छ ।
शुक्रबार साँझसम्म बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ हजार ५५१ पुगेको छ । हिजो बिहीबार ४९७ जनाको मृत्यु भएको थियो । स्वास्थ्य विभागद्वारा सार्वजनिक तथ्याँकअनुसार बेलायतमा एकसाताभित्र दुई हजार ८३८ जनाको ज्यान गएको छ ।
यसैगरि गएको २४ घन्टामा थप १६ हजार २२ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य विभागले उल्लेख गरेको छ । हिजो बिहीबार पनि १६ हजारकै हाराहारीमा नयाँ संक्रमित थपिएका थिए । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या १५ लाख ८९ हजार ३०१ पुगेको छ ।
कोरोना संक्रमणका कारण गएको २४ घन्टामा थप एक हजार ४७१ जना हस्पिटल भर्ना भएका छन् । जसमध्ये एक हजार ४५६ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको सरकारी स्रोतले बताएको छ । हाल बेलायतका हस्पिटलमा १६ हजार ६४ जना कोरोना संक्रमितको उपचार भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण