बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमित पुरुषको मृत्यु
शनिबार, १३ मङ्सिर २०७७, १० : ४६
बुटवलको कोरोना विशेष अस्पतामा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
अस्पतालमा अनुसार बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचार गर्दागर्दे आज विहान मृत्यु भएको छ ।
मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिएका छन् ।
यस्तै मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका कपिलवस्तुका पुरुषको पनि मृत्यु भएको छ । मृत्तक दुवै जना पुरुष मिर्गौलाको डायलासिस गराइरहेका विरामी रहेको अस्पतालले जनाएको छ ।
योसगै कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ८२ पुगेको डा.गौतम बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८७ प्रतिशत प्रगतिको दाबी गर्ने सरकारले युवालाई आत्मदाह गर्न बाध्य बनायो : खुश्बु ओली (पूर्णपाठ)
-
गृहमन्त्रीको अभिव्यक्तिमा सांसद शर्माको नियमापत्ति
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण