बुद्धलाई ‘तथागत’ किन भनिन्छ?
चाणक्यमा बुद्ध अनुयायीले "तथागत"ले कल्याण गरून् भन्ने शव्द प्रयोग गरेका छन्। बुद्धलाई ‘तथागत’ किन भनिन्छ?
बुद्धलाई सम्बोधन गरिदा वा बोलिदा विशेषण प्रयोग गर्दा प्रायः “तथागत” भनेर संबोधन गरिन्छ।
यसो भन्नुमा निम्न ८ वटा कारणहरु छन् :-
(१) तथा + आगत:- बिगतका बुद्धहरुले जस्तै विभिन्न पारामिता ( गुणधर्म पुर्ण गरी ) पुरागरी बुद्धत्त्व प्राप्त भएको भएर।
(२) तथा + गत :- जसरी बिगतका बुद्धहरुले गरेर गए, त्यसलाई नै अनुकरण गरी धम्मको विश्लेषणद्वारा आफ्नो मनमा संका – उपसंकालाई ठाँउ नदिई प्रज्ञाको बलद्वारा अज्ञानता पन्छाएको भएर ।
(३) तथ्य ( सत्य ) बाट परिपूर्ण :- चतुर्महाभूत, आकास, विज्ञान ( मन ), रुप, वेदना ( सम्वेदना ) संज्ञा, तर्क, विचार, प्रीति, सुख र बिमुक्तिको यथार्थ स्वाभवबारे पूर्णत जानकार भएर ।
(४) तथ्य-धम्म :- चतु आर्यसत्यका विशिष्ट ज्ञाता र प्रतित्यसमुत्पाद ( कार्यकारण सिद्धान्त )का पनि ज्ञाता भएर ।
(५) तथ्यदर्शी :- सम्पूर्ण भौतिक तथा वैचारिक क्षेत्र अनुभूत गरेको भएर ।
(६) तथ्य प्रदर्शक :- बुद्धत्व प्राप्तदेखि आफ्नो परिनिर्वाण समयसम्म धर्म प्रचार गर्नेकार्य अन्तर्गत कामवासनाको निर्मुल, घृणा, देष र भ्रान्तिरुपी मोहको निर्मुल गर्न सक्ने तथ्यमाथि प्रकाश पारेकाे भएर ।
(७) तथाकारी :- कर्म र बचनबाट सत्यपूर्ण, तथ्यपूर्ण भएर ।
(८) अद्वितीय :- अतुलनीय र उच्च व्यक्तित्त्व / शिल, समाधि, प्रज्ञा र विमुक्तिद्वारा समस्त लोकमाथि विजयी सम्राटको पनि सम्राट भएर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण