रौतहटमा ट्रकको ठक्करबाट महिलाको मृत्यु
सोमबार, १५ मङ्सिर २०७७, १३ : १९
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका बसन्तपुरमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गरेको छ । चन्द्रनिगाहपुराबाट गौर जान लागेको ना ३ ख ५७२२ नम्बरको ट्रकले आज बिहान ठक्कर दिँदा ६५ वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो ।
ट्रकको ठक्करबाट चन्द्रपुर नगरपालिका वडानं ८ मोतीपुरकी ६५ वर्षकी देवकी आचार्यको ज्यान गएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धीबिक्रम शाहले जानकारी दिएका छन् । ठक्कर दिने चालक र ट्रक ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको एसपी शाहले बताए । घटनाबारे आवश्यक अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण