सडकमा अलपत्र परेकाको व्यवस्थित बसोबासको प्रबन्ध हुँदैछः राज्यमन्त्री मानन्धर
काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सडक मानवमुक्त शहर निर्माणका लागि सरकारले काम गरिरहेको बताएका छन् । गुरुनानक जयन्तीका अवसरमा आज बालाजुको म्हेपीमा आयोजित कार्यक्रममा उनले सरकारले सडकमा अलपत्र अवस्थामा रहेकाको व्यवस्थापनका लागि मानव सेवा आश्रम निर्माणलाई तीव्रता दिएको जानकारी दिए ।
“मानवता र मानव सभ्यताको विकासमा गुरुनानकले देखाएको मार्गदर्शन अवलम्बन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता हो”, उनले भने । काठमाडौँ उपत्यकासहित देशभरका शहरी क्षेत्रमा सडकमै जीवन बिताइरहेकाको उचित व्यवस्थापन गर्नु राज्यको दायित्व भएको उनले बताए । प्रधानमन्त्री केपी शर्माओलीको घोषणाअनुरुप सडक मानवमुक्त अभियानलाई तीव्रता दिइएको उनले बताए ।
सरकारले काठमाडौँको तारकेश्वर नगरपालिकाको तीनपिप्ले नजिकै पाँचमानेमा आश्रम निर्माणका लागि जग्गा उपलब्ध गराउन लागेको उनको भनाइ छ । प्रस्तावित निर्माणस्थलको आइतबार मात्रै प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यसहित राज्यमन्त्री मानन्धरको टोलीले अवलोकन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण