आगामी तीन दिनको मौसम पूर्वानुमान
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार आज देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । भने हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।
यसैगरी, महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ र राति राति गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै, बुधबार दिउँसो बागमती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
बुधबार राति, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यसैगरी, बिहीबार दिउँसो गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
बिहीबार राति, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण