वैदेशिक रोजगारीमा जाने बढ्दै, कात्तिकसम्म २० हजार बाहिरिए
काठमाडौँ । कोभिड–१९ को महामारीकैबीच चालु आर्थिक वर्षमा २० हजारभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । चालु आर्थिक वर्षको कात्तिकसम्मका २० हजार ५ सय ६८ जना श्रमिकले विदेश जानको लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले पुनः श्रम स्वीकृतिलाई खुला गरेपछि विदेश जानेको संख्यामा वृद्धि आएको हो ।
विभागका अनुसार साउन महिनामा ३ हजार १ सय ५२ जना व्यक्तिले विदेश जानको लागि श्रम स्वीकृति लिएका थिए । भदौ महिनामा यो संख्या घटेर १ हजार ५ सय १५ जनामा सीमित भएको थियो ।
तर, असोज महिनामा श्रम स्वीकृति लिनेको संख्या ५ गुणा भन्दा बढीले वृद्धि भई ८ हजार ९७ जना पुगेको थियो । कात्तिक महिनामा भने असोजको तुलनामा श्रम स्वीकृति लिनेको संख्यामा कमी आएको छ ।
कात्तिक महिनामा कुल ७ हजार ७ सय ९७ जनाले यस्तो श्रम स्वीकृति लिएका थिए । दसैँ, तिहार जस्ता चाडवाडका कारण वैदेशिक रोजगार कार्यालयहरु धेरै समय बन्द हुँदा यसरी श्रम स्वीकृति लिनेको संख्या तुलनात्मक रुपमा कम भएको हो ।

नयाँभन्दा फर्कने बढी
विभागका अनुसार पछिल्लो ४ महिनामा वैदेशिक रोजगारीमा जानेमध्ये नयाँ रोजगारीमा जाने संख्याभन्दा एकपटक गएर बिदामा फर्किएकाहरु पुनः जाने क्रम धेरै छ । ४ महिनामा श्रम स्वीकृति लिएकामध्ये ८३ प्रतिशत श्रमिक एकपटक रोजगारीमा गएर पुनः फर्कनेहरु छन् । पहिलोपटक विदेश जानेको लागि दिइने श्रम स्वीकृति ढिलो मात्रै खुलेपछि पुनः श्रम स्वीकृति लिनेको संख्या बढी देखिएको हो ।
सरकारले पुनः श्रम स्वीकृति गत असारदेखि खुला गरेको थियो । तर, विदेश जानेका लागि दिइने श्रम स्वीकृति भने भदौ १५ देखि मात्रै खुला भएको थियो । श्रम स्वीकृति खुला नभएसम्म श्रमका लागि विदेश जान सरकारको विशेष अनुमति आवश्यक पर्ने भएकोले त्यो अवधिमा श्रम स्वीकृति लिनेको संख्या ज्यादै न्यून हुन गएको हो ।
म्यानपावरबाट विदेश जाने पनि बढ्दै
यो अवधिमा विदेश जानेमध्ये म्यानपावर लगायत रिक्रुमेन्ट कम्पनीबाट जानेको संख्या निकै कम छ । यो अवधिमा जम्मा १ हजार ५ सय ३७ जना व्यक्ति मात्रै म्यानपावरमार्फत् विदेश गएका छन् ।
साउन महिनामा श्रम स्वीकृति खुला नभएका कारणले यो महिनामा म्यानपावरमार्फत् कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा नगएको वैदेशिक रोजगारीका लागि स्वीकृति नपाएका हुन् । भदौ १५ देखि स्वीकृति खुला भएका कारण भदौ महिनामा भने ४९ जनाले म्यानपावरमार्फत् श्रम स्वीकृति लिएका छन् ।
असोज र कात्तिक महिनामा भने यो संख्या बढ्दै गएको छ । असोजमा ६ सय २६ जना तथा कात्तिक महिनामा ८ सय ६२ जनाले म्यानपावरमार्फत् विदेश जाने श्रम स्वीकृति पाएका छन् ।
व्यक्तिगत रुपमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या पनि साउन महिनामा शुन्य थियो । भदौमा ६७ जना, असोजमा ५ सय १६ जना तथा कात्तिकमा ४ सय १४ जनाले व्यक्तिगत रुपमा विदेश जान श्रम स्वीकृति पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण