एक हजार ६०० रोहिंग्यालाई भसन चार टापूतर्फ पठाइयो
एजेन्सी । बङ्गलादेशले कोक्स बजार वरपर विभिन्न शिविर बनाई बस्दै आएका एक हजार ६०० शरणार्थीलाई शुक्रबार असुरक्षित भनिँदै आएको भसन चार टापूतर्फ पठाएको छ । करिब एक लाख रोहिंग्या शरणार्थीलाई नयाँ टापूमा सार्ने योजना अन्तर्गत उनीहरूलाई त्यसतर्फ पठाइएको हो ।
उक्त टापू सामुद्रिक सतहबाट निकै कम उचाइमा रहेको र शरणार्थीलाई त्यहाँ सार्नु असुरक्षित हुने भनी विभिन्न मानव अधिकारवादी समूहहरूले विरोध जनाए पनि बङ्गलादेशको सरकारले शरणार्थी सार्ने कामलाई अघि बढाएको हो ।
सन् २०१७ मा म्यानमारको सेनाले अल्पसङ्ख्यक रोहिङ्ग्या समुदायमाथि चलाएको कारबाहीपछि विस्थापित बनेका करिब १० लाख शरणार्थीहरू बङ्गलादेश र अन्य एशियाली मुलुकहरूका विभिन्न स्थानमा बस्दै आएका छन् । योमध्ये करिब आठ लाख शरणार्थी बङ्गलादेशमा रहेको उल्लेख गरिएको छ ।
बङ्गलादेश सरकारले कम उचाइ रहेको टापूमा आफूहरूलाई सार्न लागेको भनी शरणार्थी त्यसतर्फ जान अनिच्छुक रहेको भएपनि सरकारका् दवावपछि उनीहरू त्यसतर्फ गएको उल्लेख छ । उनीहरूलाई सामुद्रिक सतहबाट कम उचाइ रहेको टापूमा सार्दा शिविरलाई सामुद्रिक छालले डुवानमा पार्नसक्ने मानवअधिकारवादी समूहहरूको भनाइ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक अनिश्चित, प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख
-
राष्ट्रियसभा बैठक : डढेलो नियन्त्रणमा सक्रिय हुन आग्रह
-
काठमाडौँमा विकास निर्माणको काम तीव्र, तस्बिरमा हेर्नुहोस्
-
प्रदीप र दिव्याले सुरु गरे ‘एक्टर’
-
केजरीवालले अदालतबाट पाए राहत, १ जुनसम्मका लागि अन्तरिम जमानत
-
कांग्रेस वर्तमान गठबन्धन भत्काउन शुरुबाटै लागेको छः नेता दाहाल