एक हजार ६०० रोहिंग्यालाई भसन चार टापूतर्फ पठाइयो
एजेन्सी । बङ्गलादेशले कोक्स बजार वरपर विभिन्न शिविर बनाई बस्दै आएका एक हजार ६०० शरणार्थीलाई शुक्रबार असुरक्षित भनिँदै आएको भसन चार टापूतर्फ पठाएको छ । करिब एक लाख रोहिंग्या शरणार्थीलाई नयाँ टापूमा सार्ने योजना अन्तर्गत उनीहरूलाई त्यसतर्फ पठाइएको हो ।
उक्त टापू सामुद्रिक सतहबाट निकै कम उचाइमा रहेको र शरणार्थीलाई त्यहाँ सार्नु असुरक्षित हुने भनी विभिन्न मानव अधिकारवादी समूहहरूले विरोध जनाए पनि बङ्गलादेशको सरकारले शरणार्थी सार्ने कामलाई अघि बढाएको हो ।
सन् २०१७ मा म्यानमारको सेनाले अल्पसङ्ख्यक रोहिङ्ग्या समुदायमाथि चलाएको कारबाहीपछि विस्थापित बनेका करिब १० लाख शरणार्थीहरू बङ्गलादेश र अन्य एशियाली मुलुकहरूका विभिन्न स्थानमा बस्दै आएका छन् । योमध्ये करिब आठ लाख शरणार्थी बङ्गलादेशमा रहेको उल्लेख गरिएको छ ।
बङ्गलादेश सरकारले कम उचाइ रहेको टापूमा आफूहरूलाई सार्न लागेको भनी शरणार्थी त्यसतर्फ जान अनिच्छुक रहेको भएपनि सरकारका् दवावपछि उनीहरू त्यसतर्फ गएको उल्लेख छ । उनीहरूलाई सामुद्रिक सतहबाट कम उचाइ रहेको टापूमा सार्दा शिविरलाई सामुद्रिक छालले डुवानमा पार्नसक्ने मानवअधिकारवादी समूहहरूको भनाइ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण