बेलायतमा भ्याक्सिन प्रतिक्षारत मृतकको संख्या बढ्दै
लन्डन । कोरोना विरुद्धको भ्याक्सिनलाई मान्यता दिने बेलायत पहिलो मुलुक बनेसँगै बेलायतवासी थप उत्साही बनेका छन् । अझ कोरोना संक्रमित भएका र हस्पिटलमा उपचारार्थ भर्ना भएका बिरामीहरुमा बाँच्ने आशा पलाउनु स्वभाविक नै हो । आज मात्र फाइजर(बायोएनटेकद्वारा तयार पारिएको भ्याक्सिनको पहिलो लट बेलायत भित्रिसकेको छ । तर, बेलायतमा कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको छ । अहिले यहाँ एकसाताभित्र तीन हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु भैरहेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ल को तथ्याँकले देखाएको छ ।
शुक्रबार सार्वजनिक भएको तथ्याँकअनुसार बितेको २४ घन्टामा मात्र थप ५०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो विहीबार २४ घन्टामा मृत्यु हुनेको संख्या ४१४ रहेको थियो । मृतकको आधारमा बेलायत विश्वभरिमै पाँचौं स्थानमा रहेको छ भने युरोपमको अग्रस्थानमा पर्दछ । बेलायतमा कोरोना संक्रमणका कारण हालसम्म ६० हजार ६१७ जनाको ज्यान गैसकेको छ ।
यसैगरी कोरोना संक्रमितको संख्या पनि पछिल्लो २४ घन्टामा १६ हजार नाघेको छ । शुक्रबार साँझसम्ममा थप १६२९८ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा हालसम्म कोरोना संक्रमितको संख्या १६ लाख ९० हजार ४३२ पुगेको सरकारी तथ्याँकले देखाएको छ । अहिले बेलायतको हस्पिटलहरुमा १४ हजार भन्दा बढीकोरोना संक्रमितको उपचार भैरहेको छ । पछिल्लो २४ घन्टामा मात्र एक हजार ३६४ जना नयाँ संक्रमित हस्पिटल भर्ना भएका छन् । जसमध्ये एक हजार २६१ जनालाई भेन्टिलेटर बेडमा राखेर उपचार भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण