जंगलमा खुकुरी देखाएर सुनको गहना लुट्ने पक्राउ
काठमाडौँ । सुनको गरगहना तथा नगद चोरीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दाङ घोराही उपमहानगरपालिका–१३ का २८ वर्षीय दिलबहादुर घर्ती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनले मंसिर १० गते ज्यामिरे दहबाट फर्किन लागेका घोराही–३ बस्ने ३८ वर्षीय विनोद कुमार चौधरी र मेनुका चौधरीलाई एकान्त स्थान जंगलमा खुकुरी देखाएर सुनको गरगहना, मोबाइल र नगद लुटेर फरार भएका थिए । घर्तीलाई सोही स्थानमा गोले चौधरीले साथ दिएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काका अनुसार पक्राउ परेका घर्ती र चौधरीले सुनको सिक्री २ थान, मोबाइल ४ थान र १० हजार रुपैयाँ लुटेर भागेका थिए ।
सुनको गरगहना लुटेको खबर पीडितले प्रहरी कार्यालयमा जाहेरी दिएलगत्तै व्यापक प्रहरी परिचालन गरेर उनीहरुको खोजी गर्ने क्रममा घर्ती पक्राउ परेको डीएसपी खड्काले बताए । घर्तीको साथबाट सुनका सिक्रीहरु र १ थान मोबाइल बरामद भएको छ ।
घटनामा संलग्न गोले चौधरी फरार रहेकाले खोजीकार्य भइरहेको खड्काले बताए । पक्राउ परेका घर्तीविरुद्ध डाँका चोरी कसुर शीर्षकमा मुद्दा दायर गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण