सम्झनामा फुलन देवी
- राममणि सिटौला
जब उम्रिन थाल्छ्न् सर्वत्र
उन्माद उत्तेजनाका झारहरु
पछ्याउँछ्न् उन्मादी सर्पका निला आँखाले
मुल नफुटेको कुण्ड
हड्प्छन् उन्मत्त भैरवहरुले
सृष्टिको निजता स्वत्व
तब तब आउनेछिन् सम्झनामा
फुलन देवी
भन्नेले भन्छन्- निर्मित थिइन् उनी
हाडमांसले
उनी निर्मित थिइन्
आगो फलामले
छन त उनी थिइन्
सम्झना विक झै फक्रिँदै गरेको फुल झैं
जब शक्ति दौलतका धतुरा पिएका
फुक्काफल साँढेहरुले खुँदेर सोत्तर पारे
उनको देह
उनी बनिन् आगोको फूल
भन्नेले भन्छन् उनी थिइन् एक नारी
वैश्विक पुँजिले सत्ताको पुंसत्व निलेको धर्तीमा
थिइन् एक सच्चा पुरुष
ऐयासि जिब्रोले भन्छ -अराजक फुलन
पीडित जिब्रोले भन्छ- दस्युँ सुन्दरी
जब सम्म गायब हुँदैन पृथ्वीबाट
डाइनोसरस झैं आहाला रगत
काँचा मासुका भोका आधुनिक प्रजातिका
ड्रागनहरु
तबसम्म सम्झनामा आइरहनेछिन्
फुलन
जब यौन प्रदुषण हटेर
फुलै फुलले मगमगाउदैन्
सृष्टि !!
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण