शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सम्झनामा फुलन देवी

शनिबार, २० मङ्सिर २०७७, १५ : ०९
शनिबार, २० मङ्सिर २०७७

 

 

 

- राममणि सिटौला

जब उम्रिन थाल्छ्न् सर्वत्र 
उन्माद उत्तेजनाका झारहरु
पछ्याउँछ्न् उन्मादी सर्पका निला आँखाले
मुल नफुटेको कुण्ड 
हड्प्छन् उन्मत्त भैरवहरुले
सृष्टिको निजता स्वत्व 
तब तब आउनेछिन् सम्झनामा
फुलन देवी 

भन्नेले भन्छन्- निर्मित थिइन् उनी
हाडमांसले
उनी निर्मित थिइन् 
आगो फलामले 
छन त उनी थिइन् 
सम्झना विक झै फक्रिँदै गरेको फुल झैं
जब शक्ति दौलतका धतुरा पिएका 
फुक्काफल साँढेहरुले खुँदेर सोत्तर पारे
उनको देह
उनी बनिन् आगोको फूल 

भन्नेले भन्छन् उनी थिइन् एक नारी 
वैश्विक पुँजिले सत्ताको पुंसत्व निलेको धर्तीमा
थिइन् एक सच्चा  पुरुष 
ऐयासि जिब्रोले भन्छ -अराजक फुलन
पीडित जिब्रोले भन्छ- दस्युँ सुन्दरी 

जब सम्म गायब हुँदैन पृथ्वीबाट
डाइनोसरस झैं आहाला रगत
काँचा मासुका भोका आधुनिक प्रजातिका
ड्रागनहरु 

तबसम्म सम्झनामा आइरहनेछिन् 
फुलन 
जब यौन प्रदुषण हटेर 
फुलै फुलले मगमगाउदैन् 
सृष्टि !!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा