आजको मौसम पूर्वानुमानः हिमपातसँगै वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
आज भारतको बिहार र आसपासमा न्युन चापिय प्रणाली रहेको महाशाखाले जनाएको छ ।
साथै, हाल देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ ।
यसैगरी, आइतबार दिउँसो प्रदेश नं १ तथा बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली, कर्णाली र सुदुर पश्चिमी प्रदेशका पहाडि भूभागमा र प्रदेश नं २ मा आंशिक बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
भने, प्रदेश नं १ को थोरै स्थानहरु साथै बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागको १/२ स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
साथै, प्रदेश नं १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा सामान्यतया सफा रहनेछ ।
यता, प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका १/२ स्थानहरुमा हल्का हिमपातको संभावना हुनुका साथै प्रदेश नं १ का १/२ स्थानहरुमा हल्का वर्षा र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण