आदित्य नारायणले विवाहपछि श्रीमती श्वेतालाई दिए धम्की !
आदित्य नारायण र श्वेता अग्रवाल आफ्नो वैवाहिक जीवनमा रमाइरहेकी छिन् । डिसेम्बर १ तारिखमा यी दुईले विवाह गरेका थिए । अब श्वेताको एउटा भिडियो चर्चामा छाएको छ जसमा उनी विवाह पछिका केही संस्कार निभाइरहेको देखिएकी छिन् । भिडियामो श्वेताले आफ्नी सासु दिपा नारायणसँग मिलेर केही बनाइरहेको देख्न सकिन्छ ।
आदित्यले यो मौकामा श्वेतासँग ठट्टा गर्दै भन्छिन्, ‘परीक्षणमा केही कमी हुनु हुँदैन नभए आफ्नो घर जाउ ।’ त्यसपछि सबैले उनलाई सच्याउँदै ‘घर होइन माइती’ भन भन्छन् । त्यसपछि आदित्यले हो हो माइती जाउ भन्छन् । आदित्यको कुरा सुनेर श्वेताले पनि आफ्नो हाँसो रोक्न सक्दिनन् ।
श्वेतासँग विवाह गरेपछि आदित्य निकै खुसी छन् । श्वेतालाई विवाह गर्नु आफ्नो सपना साकार भएको बताएका छन् । आदित्यले विवाह अघि श्वेतालाई ११ वर्ष डेट गरेका थिए ।
हालै बम्बे टाइम्ससँगको कुराकानीमा आदित्यले भने, ‘श्वेता र म विवाहित छौं र यो सपना साकार भएको झैं महसुस भइरहेको छ । मेरो लागि यो एउटा सपना जस्तो थियो जुन साकार भएको छ । म श्वेताबाहेक कोही सँग पनि आफ्नो जीवन बिताउने बारे सोच्न पनि सक्दिनँ । उनले मलाई एक राम्रो मानिस बनाउन मद्दत गरेकी छिन् ।’
आदित्यको सुरुवाल च्यात्तिएको थियोः
विवाहका बेला आदित्य नारायणको सुरुवाल च्यात्तिँदा उनले आफ्ना साथीको मद्दत लिनुपरेको थियो । स्पटबोयसँगको अन्तर्वार्तामा आदित्यलाई विवाहका बेला सबैभन्दा स्मरणीय पल के थियो भनेर सोधिएको प्रश्नमा उनले भने, ‘मैले मेरो साथीको सुरुवाल लगाउनु परेको थियो । जब श्वेतालाई वरमाला लगाउनका लागि मलाई साथीले उठाए तब मेरो सुरुवाल च्यात्तिएको थियो, त्यसपछि मण्डप घुम्ने बेला मैले साथीको सुरुवाल लगाउनु परेको थियो । धन्य, मेरो साथी र मेरो कम्मर र उचाई उस्तै उस्तै थियो । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण