रुपन्देहीको मर्चवारमा नेपाली सेनाले बनायो हाटबजार
बुटवल । रुपन्देहीको मर्चवार क्षेत्रका बासिन्दाको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यसहित नेपाली सेनाले हाटबजार निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको सामाजिक आर्थिक विकास पूर्वाधार अन्तर्गत गरुडदल गण रामनगर बुटवलले मर्चवारी गाउँपालिकाको वडा नम्बर ५ मा हाटबजार ट्रष्ट निर्माण गरेको हो ।
हाटबजार एक कार्यक्रममकाबीच मर्चवारी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । आइतबार आयोजित हस्तान्तरण कार्यक्रममा २२ नम्बर बाहिनीपति सहायकरथी सुदर्शन सिलवालले गाउँपालिकाका अध्यक्ष केशवानन्द वानियाँलाई ट्रष्ट हस्तान्तरण गरेका छन् । सो अवसरमा बोल्दै बाहिनीपति सिलवालले जनतासँग गरिने यस्ता कार्यक्रमले नागरिक–सैनिक सम्बन्ध निर्माणमा विशेष महत्व राख्ने बताए । जनताहरु प्रत्यक्ष लाभाविन्त हुने कार्य सेनाले गर्न पाउनु उत्साहजनक रहेको उनले बताए ।
नेपाली सेनाले मर्चवार क्षेत्र स्वास्थ्य शिविरसहितका अन्य कार्यक्रम समेत गरिरहेको सहायक रथी सिलवालले बताए । उनले ट्रष्ट निर्माणमा स्थानीय नागरिक र पालिकाबाट सहयोग पाएकोमा धन्यवाद समेत व्यक्त गरेका छन् । गाउँपालिका अध्यक्ष केशवनन्द बानियाले सेनाले निर्माण गरेको ट्रष्टले हाटबजार सञ्चालनमा ठूलो टेवा पुग्ने बताए उनले सेनाले मर्चवार क्षेत्रमा गर्ने गतिविधिले नागरिक उत्साहित बताएको बताए ।
सेनाले सामाजिक आर्थिक विकासका पूर्वाधार कार्यक्रम अन्तर्गत १० लाख लागतमा ट्रष्ट बनाएको हो । पूर्वाधार निर्माणमा गाउँपालिकाले साढे ४ लाखको भौतिक सामग्री प्रदान गरेको छ । सो हाटबजारबाट ५ हजार किसान लाभान्वित हुने जनाइएको छ । नौवटा गाउँको बीचमा रहेको हाटबजारमा साप्ताहिक हाट शुरु गर्ने गाउँपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण