बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुटवलमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

आइतबार, २१ मङ्सिर २०७७, १५ : ०५
आइतबार, २१ मङ्सिर २०७७

बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक महिला कोरोना संक्रिमतको मृत्यु भएको छ ।

 लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा रुपन्देहीको सैनामैना नगरपालिका १ की ५५ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए । 

ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना परीक्षण गर्दा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने मंसिर ११ गते अस्पतालमा भर्ना गरिएको थियो । 
आज बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप