बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षबीच ब्रेक्जिटबारे वार्ता हुने

एजेन्सी । बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षबीच ब्रेक्जिटपछिको वार्ता हुने भएको समाचारमा जनाइएको छ । सो वार्ता सोमबार हुन लागेको हो । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली कमिसनका अध्यक्ष उर्सला भोन डेर लियनबीच सोमबार बेलायत युरोपेली युनियनबाट बाहिरिएपछिको बे्रक्जिटका विषयमा वार्ता हुन लागेको हो ।
शनिबार उनीहरुकाबीचमा भएको फोनवार्ताका क्रममा सो विषयमा सहमति भएको थियो । त्यस अवसरमा सोमबार साँझ सो वार्ता गर्ने विषयमा सहमति भएको थियो । साथै यस विषयमा दुई नेताबीच समय समयमा वार्ता गर्ने बारेमा पनि सो फोनवार्ताका क्रममा सहमति भएको थियो ।
बेलायतका प्रधानमन्त्रीको कार्यालयबाट प्रकाशित भएको विज्ञप्तिमा उहाँहरुबीच कुराकानी हुने बारेमा जानकारी गराइएको छ । साथै सो वार्तामा विभिन्न आर्थिक तथा अरु द्धिपक्षीय विषयहरुमा पनि छलफल हुने बताइएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
-
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
-
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठकले गर्यो यी चार निर्णय
-
कर्मचारीमाथि कुटपिट आराेपमा वडाध्यक्ष पराजुली पक्राउ
-
भारत र पाकिस्तानबीच बढ्दो तनावबारे रुसले के भन्याे ?
-
बुलेट छाडेर ब्यालेटको बाटोमा विप्लव, ०८४ को चुनावमा होमिँदै