बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षबीच ब्रेक्जिटबारे वार्ता हुने
एजेन्सी । बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षबीच ब्रेक्जिटपछिको वार्ता हुने भएको समाचारमा जनाइएको छ । सो वार्ता सोमबार हुन लागेको हो । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली कमिसनका अध्यक्ष उर्सला भोन डेर लियनबीच सोमबार बेलायत युरोपेली युनियनबाट बाहिरिएपछिको बे्रक्जिटका विषयमा वार्ता हुन लागेको हो ।
शनिबार उनीहरुकाबीचमा भएको फोनवार्ताका क्रममा सो विषयमा सहमति भएको थियो । त्यस अवसरमा सोमबार साँझ सो वार्ता गर्ने विषयमा सहमति भएको थियो । साथै यस विषयमा दुई नेताबीच समय समयमा वार्ता गर्ने बारेमा पनि सो फोनवार्ताका क्रममा सहमति भएको थियो ।
बेलायतका प्रधानमन्त्रीको कार्यालयबाट प्रकाशित भएको विज्ञप्तिमा उहाँहरुबीच कुराकानी हुने बारेमा जानकारी गराइएको छ । साथै सो वार्तामा विभिन्न आर्थिक तथा अरु द्धिपक्षीय विषयहरुमा पनि छलफल हुने बताइएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण