बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्घाखाँचीमा एक दिनअघि हराएका व्यक्ति मृत फेला

सोमबार, २२ मङ्सिर २०७७, १७ : ४२
सोमबार, २२ मङ्सिर २०७७

अर्घाखाँची । अर्घाखाँचीमा हराएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । आईतवार बिहानदेखि हराएका पाणिनि गाउँपालिका वाड नम्वर ७ का अनिल आचार्यलाई प्रहरीले सोमवार दिउँसो जिल्लाकै सितगंगा नगरपालिका वाड नम्वर २ सुपाखोलामा फेला पारेको हो ।

आईतवारदेखि हराएको खबर आफन्तले दिएपछि प्रहरी परिचालन गरि खोजी गर्दा आचार्यलाई खोलामा मृत अवस्था भेटाइएको प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले जानाकारी दिए । भिरमा बसेको बेला झुक्किएर लड्दा मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनााबार थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप