बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्युठानमा रुखबाट लडेर एक पुरुषको  मृत्यु

सोमबार, २२ मङ्सिर २०७७, १९ : ५५
सोमबार, २२ मङ्सिर २०७७

प्युठान । प्युठानमा रुखबाट लडेर  एक जनाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएमको आज मृत्यु भएको हो । 

घर नजिकै पिपलको बोटबाट घाँस खसाल्ने क्रममा लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्युठान अस्पताल बिजुवार लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप