बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ब्राउन सुगरसहित दाङबाट ६ जना पक्राउ

मङ्गलबार, २३ मङ्सिर २०७७, १२ : २६
मङ्गलबार, २३ मङ्सिर २०७७

 दाङबाट प्रहरीले ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका–१ जुरौनीस्थित गफुर मियाको घरबाट ३० ग्राम लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई नियन्त्रणमा लिइएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रवक्ता राजकुमार बैदवारका अनुसार पक्राउ पर्नेमा राप्ती गाउँपालिका–९ देवीकोट निवासी ३७ वर्षीय सङसुलहक मिया, प्युठान सरुमारानी राप्ती गाउँपालिका–१ बाङ्गेसाल निवासी ३० वर्षीय ईसादिन मिया रहेका छन् ।

यस्तै सोही ठाउँ निवासी २८ वर्षीय अजित मिया, सोही वडा माझेलाठी निवासी २३ वर्षीय रबिन नेपाली, साथै बाङ्गेसाल निवासी २४ वर्षीय ईदिस मिया र गढवा गाउँपालिका–१ जुरौनी निवासी ३२ वर्षीय गफुर मिया पक्राउ परेका हुन् ।

उनीहरुमाथि इलाका प्रहरी कार्यालय गढवा दाङबाट थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप