बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाँकेमा बलात्कार मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ

मङ्गलबार, २३ मङ्सिर २०७७, १६ : ५१
मङ्गलबार, २३ मङ्सिर २०७७

बुटवल । बाँके प्रहरीले बलात्कार मुद्दाका फरार अभियुक्तलाई १० वर्षपछि पक्राउ गरेको छ । २०६८ साल असार ३१ गते जिल्ला अदालत बाँकेले जबरजस्ती करणी सम्बन्धि मुद्दामा १० वर्ष कैद सजाय फैसला गरेका नैनापुर गाउँपालिका–९ का ३४ वर्षीय हेमन्तकुमार मिश्रलाई पक्राउ गरेको हो ।

प्रहरी सहायक निरिक्षक फत्तेबहादुर हमालको कमाण्डमा खटिएको प्रहरीले विशेष सूचनाका आधारमा उनलाई नेपालगञ्ज उपमहानगरपालिका १ सिटी प्यालेसबाट  पक्राउ गरिएको लुम्विनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार बैदावारले पठाएको सूचनामा उल्लेख छ  ।  मिश्रलाई ईलाका प्रहरी कार्यालय भगवानपुरमा हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप