शिक्षक हत्या प्रकरणः हात बाँधेको अवस्थामा भेटियो शव, घाँटीमा हतियारको चोट !
काठमाडौं । मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठलाई घाँटी काटेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको शव हात बाँधेको अवस्थामा भेटिएको प्रदेश–१ प्रहरी कार्यालयका डिआईजी ईश्वरबावु कार्कीले रातोपाटीलाई बताए ।
‘घाँटी काटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’ डिआईजी कार्कीले भने– ‘घटनास्थल टाढा भएकाले प्रहरी पुग्न समय लाग्यो, थप अनुसन्धान हुँदैछ ।’ स्थानीयले शुरुमा आवाज आएको सुनेको भनेर प्रहरीलाई खबर गरे । तर, गोली चलेको पुष्टि हुन नसकेको डिआईजी कार्कीले बताएका छन् ।
शिक्षक श्रेष्ठलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले चन्दा मागेको प्रहरी स्रोतको दावी छ । प्रहरी उच्च स्रोतकाअनुसार चन्दा नदिएपछि मंगलबार विहान ४–५ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले अपहरण गरेका थिए । सो समूहले अहिलेसम्म घटनाको जिम्मा लिएको छैन् । पूर्व माओवादी समर्थक श्रेष्ठ सबैलाई सहयोग गर्ने स्वभावका थिए । सो क्षेत्रमा अरुलाई डर देखाउन विप्लव समूहले उनको ज्यान लिएको हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण