ठूलो वा सानो भ्रष्टाचार अक्षम्य अपराध हुने प्रधानमन्त्री ओलीको भनाई
प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो वा सानो मात्रामा जोसुकैबाट हुने भ्रष्टाचार भए पनि त्यो अक्षम्य अपराध हुने बताएका छन् ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा बढेको निष्कर्षमा पुग्न नकिने उल्लेख गर्दै पछिल्ला दुई वर्षमा मुलुकमा सुशासन कायम भई भ्रष्टाचार गर्ने प्रवृत्ति धेरै हमदसम्म ओरालो लागेको जनाए ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीलाई परास्त र यसको असर न्यूनीकरण गर्दै सामान्य लयमा फर्किन स्वच्छ, सुशासनयुक्त, आचरण व्यवहार र काम गर्नैपर्ने भएकाले यस तथ्यलाई संयुक्त राष्ट्रसङ्घले समेत अनुभूत गरेको बताए । “वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनलाई स्थापनाकै दिनदेखि महत्व दिँदै आएको छ र यसप्रतिको सरकारको प्रतिबद्धता अविचलित छ । देशको आर्थिक–सामाजिक रुपान्तरणमा उल्लेखनीय प्रगति भएको छ ।”
सन्देशमा भनिएको छ, “ठूला विकास आयोजनाहरुको काम अघि बढेको छ । मुलुकको मुहार फेर्ने ‘गेम चेन्जर प्रोजेक्ट’हरुको काम अघि बढेकै छ । सामाजिक सेवा क्षेत्रमा देखिएका विकृति, असङ्गति र समस्याको निराकरण गर्दै सार्वजनिक सेवालाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउँदै लगिएको छ । नवीनतम् सूचना प्रविधि उपयोग गर्दै आम नागरिकलाई सेवा दिने अग्रभागका निकायमा अनलाइन सेवा शुरु गरिएको छ । प्रायः सबैजसो स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ ।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत दुई आर्थिक वर्षमा ७९२ भ्रष्टाचारका मुद्दा चलाएको र हाल पनि करिब आठ हजार उजुरीमाथि अनुसन्धान भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याउनैपर्ने अडान दोहोर्याएका छन् ।
“भष्टाचार हुनै नदिनु हाम्रो प्राथमिकता हो । यसका लागि सरकारी, निजी, गैरसरकारी, सामुदायिक तथा सञ्चार क्षेत्रलगायत सबैको सहयोग र सहकार्य आवश्यक छ । हाम्रा सामाजिक मूल्य, मान्यता, संस्कार र व्यवहारमा परिवर्तन गर्नु त्यत्तिकै आवश्यक छ ।
सामाजिक सुशासनले व्यावसायिक एवं राजनीतिक सुशासनका लागि दबाब सिर्जना गर्दछ”, सन्देशमा भनिएको छ, “सार्वजनिक संस्थाहरुको सुढृढीकरण, जवाफदेही र पारदर्शी कार्यप्रणाली, सार्वजनिक खरिद प्रणालीमा शुद्धताजस्ता कुरा भ्रष्टाचार नियन्त्रणका निरोधात्मक उपायहरु हुन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी, पाल प्रथम
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण