‘मैले मेस्सीलाई कहिल्यै प्रतिद्वन्द्वी ठानिनँ’
क्रिस्टियानो रोनाल्डोले लियोनेल मेस्सीलाई आफूले कहिले पनि प्रतिद्वन्द्वी नठानेको दाबी गरेका छन् । मंगलबार राति च्याम्पियन्स लिगमा बार्सिलानाबिरुद्ध युभेन्टसलाई जीत दिलाएपछि रोनाल्डोले सो कुरा बताएका हुन् ।
रोनाल्डोको दुई गोल तथा वेस्टन म्याकेन्नीले एक गोल गर्दा युभेन्टसले बार्सिलोनालाई उसैको घरेलु मैदानमा ३–० गोलले हरायो । जीतसँगै युभेन्टस समूह जीको शीर्ष स्थानमा उक्लिएको छ ।
खेलअघि मेस्सीसँग छोटो अंकमाल गरेका रोनाल्डोले खेलपछि दुई महान् खेलाडीबीच कुनै प्रतिद्वन्द्वीता नरहेको जिकिर गरे । ‘मेरो र मेस्सीबीच सधैँ सुमधुर सम्बन्ध थियो,’ मुभीस्टारसँग कुराकानी गर्दै युभेका स्टारले भने, ‘मैले १२–१४ वर्षसम्म उनीसँग अवार्ड कार्यक्रममा सँगै उभिए । मैले उनलाई कहिले पनि प्रतिद्वन्द्वी देखिनँ ।’
‘तर हामीलाई फुटबलमा, प्रेसका लागि, शोका लागि, एउटा प्रतिद्वन्द्वी खोजिन्छ । तर, उनीसँग मेरो सम्बन्ध सधैँ राम्रो रह्यो ।’
खेलमा मेस्सीले विपक्षीको पोष्ट सातवटा प्रहार गरे । सन् २००३–०४ यता कुनै पनि खेलाडीले यति धेरै प्रयास गरे पनि गोल गर्न नसकेको पहिलो अवसर हो । यता, रोनाल्डोले भने च्याम्पियन्स लिगमा बार्सिलोनाबिरुद्ध छैटौँ प्रयासमा पहिलोपटक गोल गरे । प्रतियोगितामा उनको १३३ औँ र १३४ औँ गोल थियो ।
‘बार्सिलोना निकै कठिन समयबाट गुज्रिरहेको छ, तर अन्ततः त्यो टोली बार्सिलोना हो,’ रोनाल्डोले भने, ‘हाम्रो लागि यो खेल मिसन इम्पोसिबल थियो । हामीले उत्कृष्ट खेल्यौँ । म निकै खुसी छु ।’
युभेन्टसले सिरिए मा हालसम्म कुनै पनि खेल हारेको छैन तर धेरै खेल बराबरीमा रोकिँदा शीर्ष स्थानमा रहेको एसी मिलानभन्दा ६ अंकले पछि परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पुनले गरे आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीसँग अन्तरक्रिया
-
भारतले विस्फोटक पदार्थ रोक्दा जलविद्युत आयोजनाको निर्माण रोकियो
-
गण्डकीमा फडिन्द्र देवकोटाले अस्वीकार गरे मन्त्री पद
-
यूरोप, अमेरिकामा रोजगारी दिने भन्दै ठगी बढेपछि सचेत रहन मन्त्रालयको आग्रह
-
माथिको आदेश मात्रै पालना गर्ने हो भने नेताहरू डाइनोसर हुन्छन्: मुख्यमन्त्री कार्की
-
जसपा विभाजनपछि विप्लवको टिप्पणी : स्थिति चिन्ताजनक छ, परिस्थितिलाई सम्हालियोस्