‘मैले मेस्सीलाई कहिल्यै प्रतिद्वन्द्वी ठानिनँ’
क्रिस्टियानो रोनाल्डोले लियोनेल मेस्सीलाई आफूले कहिले पनि प्रतिद्वन्द्वी नठानेको दाबी गरेका छन् । मंगलबार राति च्याम्पियन्स लिगमा बार्सिलानाबिरुद्ध युभेन्टसलाई जीत दिलाएपछि रोनाल्डोले सो कुरा बताएका हुन् ।
रोनाल्डोको दुई गोल तथा वेस्टन म्याकेन्नीले एक गोल गर्दा युभेन्टसले बार्सिलोनालाई उसैको घरेलु मैदानमा ३–० गोलले हरायो । जीतसँगै युभेन्टस समूह जीको शीर्ष स्थानमा उक्लिएको छ ।
खेलअघि मेस्सीसँग छोटो अंकमाल गरेका रोनाल्डोले खेलपछि दुई महान् खेलाडीबीच कुनै प्रतिद्वन्द्वीता नरहेको जिकिर गरे । ‘मेरो र मेस्सीबीच सधैँ सुमधुर सम्बन्ध थियो,’ मुभीस्टारसँग कुराकानी गर्दै युभेका स्टारले भने, ‘मैले १२–१४ वर्षसम्म उनीसँग अवार्ड कार्यक्रममा सँगै उभिए । मैले उनलाई कहिले पनि प्रतिद्वन्द्वी देखिनँ ।’
‘तर हामीलाई फुटबलमा, प्रेसका लागि, शोका लागि, एउटा प्रतिद्वन्द्वी खोजिन्छ । तर, उनीसँग मेरो सम्बन्ध सधैँ राम्रो रह्यो ।’
खेलमा मेस्सीले विपक्षीको पोष्ट सातवटा प्रहार गरे । सन् २००३–०४ यता कुनै पनि खेलाडीले यति धेरै प्रयास गरे पनि गोल गर्न नसकेको पहिलो अवसर हो । यता, रोनाल्डोले भने च्याम्पियन्स लिगमा बार्सिलोनाबिरुद्ध छैटौँ प्रयासमा पहिलोपटक गोल गरे । प्रतियोगितामा उनको १३३ औँ र १३४ औँ गोल थियो ।
‘बार्सिलोना निकै कठिन समयबाट गुज्रिरहेको छ, तर अन्ततः त्यो टोली बार्सिलोना हो,’ रोनाल्डोले भने, ‘हाम्रो लागि यो खेल मिसन इम्पोसिबल थियो । हामीले उत्कृष्ट खेल्यौँ । म निकै खुसी छु ।’
युभेन्टसले सिरिए मा हालसम्म कुनै पनि खेल हारेको छैन तर धेरै खेल बराबरीमा रोकिँदा शीर्ष स्थानमा रहेको एसी मिलानभन्दा ६ अंकले पछि परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण