पूर्व सांसद लामाको निधनप्रति प्रधानमन्त्रीबाट दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व सांसद् कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले एक वक्तव्य जारी गर्दै दुःखद् घडीमा दिवंगत कमानसिंह लामाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना ब्यक्त गरेका छन् ।
निर्मल लामा नेतृत्वको तत्कालीन नेकपा (चौम)बाट कम्युनिस्ट पार्टीको सदस्य भइ लामाले राजनीतिक परिवर्तन तथा सामाजिक सांस्कृतिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका थिए । ‘२०४८ सालको आम निर्वाचनपछि काभ्रे क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका लामासँग संसद्मा भएको सहकार्य यस क्षणमा मैले स्मरण गरिरहेको छु । मुलुकको सामाजिक परिवर्तनको आन्दोलनमा उहाँले पुर्याउनुभएको योगदान सदा स्मरणीय रहने छ’, प्रधानमन्त्री ओलीले लामाले गरेको योगदानको स्मरण गरेका छन् ।
निरंकुश पञ्चायती ब्यवस्थाको अन्त्य र प्रजातन्त्र स्थापना पश्चात् २०४८ सालमा प्रतिनिधिसभाको सदस्यका रुपमा जनपक्षीय भूमिका खेलेका लामाले केही समय कोरियाका लागि नेपाली राजदूतको भूमिका समेत निर्वाह गरेका थिए । उनको गएराती निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमित ५०० भन्दा बढीको मृत्यु
-
योगमाया राष्ट्रिय सम्मान समर्पण र कृति लोकार्पण
-
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ
-
गण्डकीमा क्रियाशील कम्युनिस्ट पार्टीले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन
-
सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरणः राष्ट्रिय दलित आयोग
-
१६ वर्षीय प्रसिद्ध २ लाख रुपैयाँमा काठमाडौँ गुर्खाजमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण