अजय देवगनबारे अमिताभको भविष्यवाणी जुन साँचो भयो
कुरा त्यतिबेलाको हो जब फिल्ममा हिरो वा हिरोइन बन्नका लागि रङ्ग र रुपमाथि विशेष ध्यान दिइन्थ्यो । यदि कोही कालो वा काली हुन्थे भने उनीहरुले अवसर नै पाउँदैनथे । कसैले पनि उनीहरुलाई एक मौका पनि दिँदैनथे । पुराना फिल्ममा त हिरो पनि हिरोइनले झैं मेकअप गर्ने गर्दथे ।
अजय देवगनले जब हिरो बन्नेबारे सोचे तब उनको मजाक उडाउनेको संख्या कम थिएन । अजय साधारण रुप भएका व्यक्ति हुन् र यसलाई उनले कहिले पनि कम ठानेनन् । साँचो भन्ने हो भने त उनले ती हिरोहरुलाई पछि पारे जुन हेर्दा उनीभन्दा आकर्षक र ह्यान्डसम देखिन्थे ।
फाइट मास्टर विरु देवगनका छोराले फूल और कांटे साइन गरे तब मानिसहरुले निर्माता निर्देशकलाई हिरो राम्रो नभएकोले फिल्म पहिलो शोमा नै फ्लप हुने अनुमान गरे ।
अजयको रुप–रङ्गको खिल्ली उडाइयो तर अमिताभ बच्चनको धारणा सबैभन्दा भिन्न थियो । अमिताभले अनुहार पछाडिको अभिनेतालाई पढ्न सके । उनले अजयलाई डार्क हर्स भने । अर्थात्, एउटा यस्ता व्यक्तित्व जसको जीता कसैलाई विश्वसा नै लाग्दैन तर ऊ शीर्ष स्थानमा आउँछ ।
अमिताभको भविष्यवाणी साँचो निस्कियो र अजय पहिलो फिल्मबाटै बलिउडमा छाए ।
अजय देवगनको पहिलो फिल्म ‘फूल और कांटे’ यश चोपडाको ‘लम्हें’ सँगै रिलिज भएको थियो । लम्हेंमा अनिल कपुर र श्रीदेवीजस्ता कलाकार थिए । फिल्मको अत्यधिक प्रचार गरिएको थियो ।
फूल और कांटेका निर्मातालाई फिल्म लम्हेंसँग प्रदशर्न नगर्न सुझाएका थिए तर उनीहरु मानेनन् । अजयको फिल्मले लम्हेंलाई कडा टक्कर त दियो नै यो सफल पनि भयो । त्यसपछि अजयले पछाडि फर्केर हेर्नुपरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दयाहाङ र मिरूनाकाे ‘रातो घेरा’ मुहूर्त, अर्को सातादेखि छायाङ्कन
-
बुटवल–नारायणगढ सडकको सर्भिस लेनमा धमाधम कालोपत्रे, तस्बिरहरू
-
नागार्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा, केही ठाउँ जलमग्न
-
नेपाल–चीन लगानी सम्मेलन सम्पन्न
-
पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार
-
जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण