तिलौराकोट गुरुयोजनाले कपिलवस्तुको मुहार फेरिने मुख्यमन्त्री पोखरेलको दावी
मुख्यमन्त्री शङ्कर पोखरेलले तिलौराकोट गुरुयोजनाले जिल्लाको मुहार फेरिने दवी गरेका छन् । मुख्यमन्त्री पोखरेलले आज कपिलवस्तुको चन्द्रौटामा निर्माण हुन लागेको स्मार्ट रिफ्रेस सेन्टरको शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशकै पछाडि परेको कपिलवस्तुमा प्रदेश सरकार बनेपछि विकासले फड्को मारेको जनाउँदै उत्तरी भेगमा रेलमार्ग र दक्षिणी क्षेत्रमा हुलाकी राजमार्गको कामले गति लिएको बताए ।
शिवराज नगरपालिका क्षेत्रमै प्रदेशस्तरीय सरुवा रोग निर्माणको काम अघि बढेकाले नागरिकलार्ई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने बताउँदै जिल्लामा सिंचाइका लागि राप्ती सुरही नाका डाइभर्सन र कालीगण्डकी तिनाउ डाइभर्सन योजनाले पूर्ण रुपमा सिंचाइ गर्न सकिने जनाए ।
कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश क्षेत्रभित्र पूर्वपश्चिम सडक छेउछाउमा फोहोरमैलाको समस्या रिफ्रेस सेन्टरले हटाएको बताए ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले वातावरण संरक्षण र विकासनिर्माणमा द्वन्द्व भएकाले सन्तुलित तरिकाले विकासको योजना अघि बढाउनुपर्ने विचार राखे । दुई वर्षभित्र सम्पन्न हुने गरी पहिलो चरणमा रु तीन करोड ६४ लाख लागतमा भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवाले रिफ्रेस सेन्टर निर्माण जिम्मा पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण