राजसंस्थाको माग गर्दै बुटवलमा प्रदर्शन
बुटवल । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै देशभर विभिन्न संघ–संस्थाले प्रदर्शन जारी राखेका छन् । सोही क्रममा आज (शुक्रबार) पनि रुपन्देहीमा राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै मोटरसाइकल तथा कार ¥याली प्रदर्शन भएको छ ।
भैरहवा र बुटवलको बिचमा पर्ने भलबारीबाट सुरु भएको प्रदर्शन भैरहवाको बुद्धचोक, लुम्बिनी रोड, गल्लामण्डी, मिलनचोक, देवकोटाचोक हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा स्थानीय युवादेखि पूर्वमन्त्रीसम्मको सहभागिता रहेको थियो ।
कोणसभालाई शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले सम्बोधन गर्दे दलहरुको एकपछि अर्को जनघात र राष्ट्रघात गरेको राजसंस्था पुर्नस्थापना हुनुपर्ने माग गरे ।
उनले राजनीतिक अस्थिरतासँगै विदेशी चलखेल पनि बढ्ने भएको राजसंस्थालाई पुर्नस्थापना गर्न राष्ट्रबादी नेपालीहरुको आवाज एक रहेको बताए ।
कार्यक्रमा पूर्वमन्त्री प्रकाश चित्रकारले हरेक ठाउँमा भष्ट्राचार बढेको दलहरुबाट जनता थप निराश भएको बताए । उनले हिन्दु राज्य र राजसंस्थालाई पुर्नसंस्थापना गर्नको लागि सबै एकजुट हुनुपर्ने बेला आएको बताए ।
राष्ट्रियता जोगाउन राजसंस्था पुनःस्थापनाको लागि जनतामा जागरण ल्याउन प्रदर्शन अभियान थालिएको शिव सेना नेपालका रुपन्देही अध्यक्ष विपिन मल्लिकले बताए । ¥यालीमा सहभागी हुनेहरुले राष्ट्रिय झण्डा मात्रै बोकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण