रुरुलाई आकर्षक पर्यटकीय गन्तव्य बनाइने
लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले रुरु क्षेत्रको विकासका लागि प्रदेश सरकारले पर्याप्त बजेटको व्यवस्था गर्दै आकर्षक पर्यटकीय गन्तब्य बनाउन लागेको बताएका छन् ।
शनिवार गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्वर २ को ग्वादी माध्यामिक विद्यालयको चारकोठे भवनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै मन्त्री बरालले यस्तो बताएका हुन ।
प्रदेश सरकारले रुरुक्षेत्रको विकासका लागि बजेटको व्यवस्था गर्दै आएको भन्दै उनले थप बजेटका लागि आफूले पहल गर्ने सो क्रममा बताए ।
प्रदेश सरकार मातहतको सडक पूर्वाधार विकास कार्यालय गुल्मी र चन्द्रोदया निर्माण सेवा बझाङ्गबीच ४० लाख लागतमा २०७७ साल मंसिर २८ गते सम्पन्न गर्ने सम्झौता भए अनुरुप एक दिन पहिला नै चारकोठे विद्यालय भवनको मन्त्री बरालद्वारा उद्घाटन गराई शनिवार हस्तान्तरण गरिएको हो ।
त्यस्तै आजै मन्त्री बरालले रुरुक्षेत्र गाउँपालिका वडा नम्वर २ को देउराली झोलुङ्ग पुलको शिलान्यास समेत गरेका छन् । ढापाखोलाको देउराली देखि कोलौंदी गाउँ जोडिने उक्त पुल निर्माणका लागि प्रदेश सरकारबाट ४० लाख विनियजन भएको मन्त्री बरालका स्वकिय सचिव यदु ज्ञवालीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण