आफैँ चढेको बसले किचेर मृत्यु
आइतबार, २८ मङ्सिर २०७७, ०९ : ०१
गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ । गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना३ख ८१४३ नंको बसले किचेर ४८ वर्षीय बुद्घिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।
टुर्घटनामा परी गम्भीर घाइते भएका रम्तेलको उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र भच्चेकमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको उनको भनाइ छ । सिरानचोक गाउँपालिकाको श्रीचौर घर भएका रम्तेललाई शनिबार साँझ बसबाट झर्ने क्रममा आफैँ चढेको बसको पछाडिको चक्काले किचेको प्रमुख ढकालले जानकारी दिए ।
मृतकको शव आज परीक्षणपछि परिवारलाई बुझाइने उनले बताए । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण