बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

आइतबार, २८ मङ्सिर २०७७, १२ : ४०
आइतबार, २८ मङ्सिर २०७७

बुटवल । लुम्बिनी प्रदेशमा भएका छुटाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । कलिपबस्तु,दाङ र बर्दियामा तीन जनाको शव फेला परेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ ।  दाङ लमही नगरपालिका अमिलियास्थित खानेपानीको नालामा सल्यान कपुरकोट गाउँपालिका सिस्नेरी बस्ने वर्ष ३५ का नविन रोका क्षेत्री मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ज्यामी काम गर्ने  रोकाको विषयमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यलय अमिलियाले जनाएको छ ।

त्यस्तै बर्दिया ठाकुरबाबा नगर.पालिका १ भुरीगाँउ बस्ने वर्ष ३२ का कृष्ण थारू आफ्नै खेतबारीमा घाँस काट्न गएका बेला मृत अवस्थामा फेला परेका छन् । घाँस काटन भनि गएका उनी अबेरसम्म घर नफर्किएपछि आफन्तहरुले खोज्दै जादाँ खेतबारीमा  मृत अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । 

यता, कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गएराति हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया  सुशीला खड्का रहेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ ।

टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको प्रहरीले जनाएको छ । हत्याको आशङ्कामा प्रहरीले सुशीलासँगै डेरामा बस्ने भतिज तोरणबहादुर खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ । महिलाको शव परीक्षणका लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको प्रहरीले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप