जलेका लालपूर्जा १८ वर्षपछि वितरण
अर्घाखाँची । अठार वर्षपछि लालपूर्जा पाउँदा छत्रदेव गाउँपालिका–२ बल्कोट र वडा नं ४ केरुङ्गाका बासिन्दा खुशी भएका छन् । सशस्त्र द्वन्द्वको समयमा विसं २०५९ मा तत्कालीन नेकपा (माओवादी)ले सदरमुकाम आक्रमण गर्दा जलेर लालपूर्जा नष्ट भएपछि जिल्ला नै नक्शाविहीन बनेको थियो । नापी कार्यालयको टोलीले पुनः नापनक्शा गरी जग्गाधनी पूर्जा वितरण गर्न शुरु गरेको हो ।
नापी कार्यालयले छत्रदेव गाउँपालिकाको वार्ड नं २ बल्कोटमा ६५० घरधुरी र वडा नं ४ केरुङ्गाका एक हजार १८६ जग्गा धनी दर्ता प्रमाणपूर्जा वितरण गर्न शुरु गरेको छ । लालपूर्जा लिन सहभागी भएका ७० वर्षीय हरिप्रसाद खनालले भने, “जग्गा भएर पनि जग्गा नभए जस्तै भएका थियौं आज लालपूर्जा पाउँदा खुशी भएका छौ, लालपूर्जा नहँुदा बैंकमा जग्गा धितो राखेर ऋण लिन पनि सकेका थिएनौं, अब त लालपूर्जा पायौं हामी खुशी छौँ ।”
द्वन्द्वको समयमा नक्शाविहीन भएको अर्घाखाँचीका ३१ वडामा जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न शुरु गरिएको नापी कार्यालयका प्रमुख नापी अधिकृत खिम रानाले बताए । उनले डिजिटल प्रविधिबाट निर्माण गरिएका लालपूर्जा जिल्लाका सबै वडामा निर्माण गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण