आचरण विपरित काम गर्ने कर्मचारीलाई कार्वाही हुन्छः गृहसचिव न्यौपाने
रौतहट । गृहसचिव महेश्वर न्यौपानेले आचरण विपरित काम गर्ने जोकोही कर्मचारीलाई कार्वाही गर्न निर्मम हुने चेतावनी दिएका छन् । सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको उदघाटन समारोहलाई सम्बोधन गर्दै सचिव न्यौपानेले उक्त चेतावनी दिएका हुन् ।
उनले विकास आयोजनाका गतिविधिमाथि पनि नजर राख्न र समयमा काम भए नभएको अनुगमन गरि कार्यवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिए । राज्यबाट ठुला विकास आयोजनाहरुको ठेक्का लिने र मोबिलाइजेसनको पैसा लिएर ठेकेदार फरार हुने गरेको अवस्था रहेकोले त्यसविरुद्ध पनि प्रहरी प्रशासन लाग्नुपर्ने उनको तर्क छ । रौतहट लगायत प्रदेश २ का अन्य जिल्लाहरुमा समेत अपराधका घटनाहरु बढेको भन्दैै त्यस्ता घटना हुन नदिन राज्य निर्मम ढंगले अगाडि बढ्ने उनले बताए ।
सचिव न्यौपानेले नेपाल भारत सीमा क्षेत्रमा देखिएको समस्या अस्थायी मात्रै रहेको बताउँदै त्यसको व्यवस्थापनमा समेत राज्य लागिरहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै रौतहटका सिडिओ इन्द्रदेव यादवले एक अर्काबीचको समन्वयले गर्दा जिल्लामा ठुला ठुला कामहरु गर्न सकिएको भन्दै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
भवन उद्घाटन कार्यक्रममा नेपाल प्रहरीका आईजिपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल, अनुसन्धानका प्रमुख गणेश अधिकारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका बीच स्थानीय तहका प्रमुखहरु, सञ्चारकर्मी तथा नागरिक ससमाजका अगुवाहरुलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण