शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आचरण विपरित काम गर्ने कर्मचारीलाई कार्वाही हुन्छः गृहसचिव न्यौपाने

आइतबार, २८ मङ्सिर २०७७, १६ : २८
आइतबार, २८ मङ्सिर २०७७

रौतहट ।  गृहसचिव महेश्वर न्यौपानेले आचरण विपरित काम गर्ने जोकोही कर्मचारीलाई कार्वाही गर्न निर्मम हुने चेतावनी दिएका छन् । सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको उदघाटन समारोहलाई सम्बोधन गर्दै सचिव न्यौपानेले उक्त चेतावनी  दिएका हुन् । 

उनले विकास आयोजनाका गतिविधिमाथि पनि नजर राख्न र समयमा काम भए नभएको अनुगमन गरि कार्यवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिए । राज्यबाट ठुला विकास आयोजनाहरुको ठेक्का लिने र मोबिलाइजेसनको पैसा लिएर ठेकेदार फरार हुने गरेको अवस्था रहेकोले त्यसविरुद्ध पनि प्रहरी प्रशासन लाग्नुपर्ने उनको तर्क छ । रौतहट लगायत प्रदेश २ का अन्य जिल्लाहरुमा समेत अपराधका घटनाहरु बढेको भन्दैै त्यस्ता घटना हुन नदिन राज्य निर्मम ढंगले अगाडि बढ्ने उनले बताए ।

सचिव न्यौपानेले नेपाल भारत सीमा क्षेत्रमा देखिएको समस्या अस्थायी मात्रै रहेको बताउँदै त्यसको व्यवस्थापनमा समेत राज्य लागिरहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै रौतहटका सिडिओ इन्द्रदेव यादवले एक अर्काबीचको समन्वयले गर्दा जिल्लामा ठुला ठुला कामहरु गर्न सकिएको भन्दै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

भवन उद्घाटन कार्यक्रममा नेपाल प्रहरीका आईजिपी  शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल, अनुसन्धानका प्रमुख गणेश अधिकारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका बीच स्थानीय तहका प्रमुखहरु, सञ्चारकर्मी तथा नागरिक ससमाजका अगुवाहरुलाई सम्मान गरिएको थियो ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप