बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देहीको तिलोत्तमामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

आइतबार, २८ मङ्सिर २०७७, १७ : ०५
आइतबार, २८ मङ्सिर २०७७

बुटवल । कोरोनाका कारण खेलकुद क्षेत्र सुनसान जस्तै बनेका बेला रुपन्देहीको  तिलोत्तमा नगरपालिकामा आइतबारदेखि प्रथम तिलोत्तमा नगरपालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता मंसिर ३० गतेसम्म चल्ने छ । प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ ।

वडा नं. ८ ले संयोजन गरेको प्रतियोगिता लाङ्घाली युवा परिवार र ज्योती जागृति आमा समूहको चार नंबरमा सञ्चालन भएको भएको हो । प्रतियोगितामा विजेताले ५० हजार पुरस्कार राशीसहित गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने नगर खेलकूद विकास समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी दिए ।

यसैगरी दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार तथा २० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितामा बेस्ट प्लेयर, बेस्टर सेटर, बेस्टर ब्लकर, बेस्ट स्पाइकर, बेस्ट सर्भर तथा अनुशासित खेलाडीलाई सम्मान गरिनेछ ।  

प्रतियोगिताको उद्घाटन कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले अब्बल खेलाडीको पहिचान र नयाँ खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरे । तिलोत्तमा वैशाखसम्म विभिन्न ९ वटा प्रतियोगिता गर्ने तयारी समितिले गरेको हो । मंसिरमा भलिबल प्रतियोगिता आयोजना गरिएकोमा पुस महिनामा व्याडमिन्टन तथा विद्यालयस्तरीय छात्रछात्रा भलिबल र माघ महिनामा उपमेयर कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिने समितिले जनाएको छ ।

यसैगरी माघ महिनामैं मेयर कप रनिङ्ग शिल्ड फुटबल, फागुनमा विद्यालय स्तरीय फुटबल तथा क्रिकेट आयोजना हुने बताउँदै संयोजक गुरुङले फागुन महिनामै ग्रास रुट स्तरीय २ दिने फुटबल तालिम सञ्चालन हुने जानकारी दिए । यस्तै वैशाख महिनामा वडास्तरीय क्रिकेट प्रतियोगिता गर्ने तयारी समितिको छ । वर्षभरी सञ्चालन गरिने प्रतियोगिताले नगरको खेल क्षेत्रको विकासमा सहयोगी भूमिका निर्वाह गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप