उपत्यकामा ‘माटो ब्राण्ड’को आफ्नै स्टोर संचालन

काठमाडौं । ‘माटो ब्राण्ड’ले उपत्यकामा बिक्री केन्द्र संचालनमा ल्याएको छ । विभिन्न ठाउँबाट अर्गानिक फलफूल र तरकारी उपलब्ध गराउँदै आएको माटो ब्राण्डले ललितपुरको कुपण्डोल र काठमाडौंको बुडानिलकण्ठस्थित नारयणथानमा बिक्री केन्द संचालनमा ल्याई विक्री बितरण थालेको हो ।
प्रतिष्ठित व्यवसायिक घराना गोल्यान समूहअनतर्गतको ‘माटो ब्राण्ड’ले काठमाडौं, ललितपुर र भक्तपुरका मुख्य चोकमा भ्यानमार्फत तरकारी तथा फलफूल बिक्री गर्दै आइरहेको छ । साथै, भाटभटेनी सुपरमार्केट, सेल्सवेरी र विगमार्टमा पनि माटोले आफ्ना उत्पादनहरु उपलब्ध गराउँदै आइरहेको छ ।
विषादीमुक्त कृषिजन्य उत्पादनलाई हरेक नेपालीको भान्सासम्म पुर्याउने उद्देश्यका साथ अर्गानिक उत्पादन र बिक्री वितरण सुरु गरेको माटोले आफ्नै बिक्री केन्द्रमार्फत सेवा सुरु गरेको बताएको छ ।
गोल्यान समूहले झापामा दुई सय बिघा जमिनमा व्यवसायिक फार्मको स्थापना गरी कृषि उत्पादन गर्दै आइरहेको छ भने देशमा विभिन्न भेगबाट किसानहरुले उत्पादन गरेका कृषि उपजलाई बजारसम्म ल्याउन मद्दत गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री पत्नीले भनिन्– म राजनीतिमा आउँछु कि भनेर कसैले चिन्ता लिनु पर्दैन
-
किन चीन भ्रमणमा जाँदैछिन् पूर्वराष्ट्रपति भण्डारी ?
-
पोर्चुगलका लागि रोनाल्डोका छोराको पहिलो गोल, पिताकै शैलीमा खुसीयाली
-
सिंहदरबारमा आउन थाल्यो मेलम्चीको खानेपानी, बोतल र जारको पानी विस्थापन
-
एसियाली मुलुकमा फेरि फैलिँदै कोभिड–१९
-
अत्यावश्यक वस्तुको व्यापार र आपूर्तिमा साल्ट ट्रेडिङको महत्त्वपूर्ण योगदान : मन्त्री भण्डारी