एक दिनमा ४० वटा अण्डा, ८ घण्टा जिमः यसरी बाहुबलीको भल्लालदेव बने राणा दग्गुबाती
साउथ सुपरस्टार राणा दग्गुबाती १४ डिसेम्बरमा आफ्नो जन्मदिन मनाइरहेका छन् । उनको एउटा लामो फिल्मी यात्रा छ, उनले थुप्रै उत्कृष्ट फिल्ममा काम पनि गरे । उनलाई थुप्रै अवार्डबाट सम्मानित पनि गरियो । तर पनि राणालाई धेरैले भल्लालदेवको रुपमा याद गर्छन् । देशको सबैभन्दा सफल फिल्म बाहुबलीको एक सशक्त भूमिका भल्लालदेव पात्र आज पनि सबैको मनमा ताजा छ । फिल्ममा बाहुबली बनेका प्रभास मुख्य भूमिकामा थिए । तर राणा बिना यो फिल्मबारे कसैले सोच्न पनि सक्दैनन् ।
कसरी तयार भए भल्लालदेव ?
भल्लालदेव बन्नका लागि राणाले निकै मिहिनेत गरेका थिए । उनले यति लगनबाट काम गरे कि उनले यो फिल्मको तयारीको क्रममा आफ्नो शरीरलाई शारीरिक रुपमा निकै तगडा बनाउनुपर्यो ।
भल्लालदेवको भूमिकाका लागि राणाले दैनिक ४ हजार क्यालोरी लिनुपर्दथ्यो । यति ठूलो इनटेकका लागि नायकले एकदिनमा ४० वटा अण्डा खान्थे । यसबाहेक उनी जिममा दैनिक ८ घण्टा पसिना पनि बगाउँथे । एक साधारण व्यक्ति दैनिक तीनपटक मात्र खाना खान्छन् तर भल्लालदेव बन्नका लागि राणाले एक दिनमा ८ पटक खाने गर्दथे । हरेक दुई घण्टामा भात पनि खाने गर्दथे ।
नायकका अनुसार यो भूमिकाका लागि उनले आफ्नो तौल सय किलोसम्म गरेका थिए । यत्तिको तौल भएका मानिसहरुको पेट पुक्क बाहिर निस्कने गर्दछ तर राणाले आफ्नो शरीरमा यति मिहिनेत गरेका थिए कि उनले आफ्नो शरीरमा मांसपेशीमात्रै बढ्न दिए ।
राणाको फिल्मी यात्राः
हुन त राणा दग्गुबातीले बलिउडका थुप्रै फिल्ममा काम गरेका छन् । उनले बिपाशा बसुसँग पनि फिल्म गरेका छन् र उनले अक्षय कुमारसँग पनि स्क्रिन सेयर गरेका छन् । उनले बलिउडमा कम समयमा नै विभिन्न भूमिका निर्वाह गरेका छन् । साउथमा त उनले भिन्न झण्डा गाडेका छन् । भल्लालदेवले कोरोना कालमा विवाह पनि गरेका छन् । उनले मिहिका बजाजसँष् विवाह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दयाहाङ र मिरूनाकाे ‘रातो घेरा’ मुहूर्त, अर्को सातादेखि छायाङ्कन
-
बुटवल–नारायणगढ सडकको सर्भिस लेनमा धमाधम कालोपत्रे, तस्बिरहरू
-
नागार्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा, केही ठाउँ जलमग्न
-
नेपाल–चीन लगानी सम्मेलन सम्पन्न
-
पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार
-
जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण