ओली सरकारविरुद्ध सडकमा उत्रिएको काँग्रेसलाई बधाईः बाबुराम भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारले गरेको भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएकोमा काँग्रेसलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको सरकारको निरंकुशता रकुशासनविरुद्ध सडकमा उत्रिएको काँग्रेसलाई सामाजिक सञ्जालमार्फत डा.भट्टराईले बधाई दिएका हुन् ।
लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्य क्षेत्रमध्ये सरकारमा सत्तापक्षको सदन तथा सडकमा विपक्षीको अधिकार र कर्तव्य रहने डा.भट्टराईले बताए ।
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखाएर स्थगित सदन बोलाउन पहल गर्नुपर्ने भट्टराईको माग छ । आफ्नो पार्टी पनि छिट्टै एकता समायाजनको काम सकर सडक र सदनमा गर्जने भट्टराईले बताए ।
‘ओली सरकारको निरंकुशतारकुशासनविरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाई ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकाररकर्तव्य हुन्छ,’ भट्टराईले भनेका छन्, ‘अब सदन बोलाउन पहल गरौं । जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक÷सदनमा गर्जन्छ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज (सोमबार) देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि काँग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
-
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
-
नेपालको निर्माण क्षेत्रमा डिजिटलाइजेशनसम्बन्धी सम्मेलन आयोजना
-
कमरेडहरू ! पुँजीवादलाई गाली गरेर आउँदैन साम्यवाद
-
परराष्ट्र मन्त्रालयको सहयोगमा सरोजले कश्मीरबाट उद्धार गरे ३५ जना नेपाली
-
विषयगत समितिको बैठक सम्पन्न, विभिन्न आठ निर्णय