ओली सरकारविरुद्ध सडकमा उत्रिएको काँग्रेसलाई बधाईः बाबुराम भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारले गरेको भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएकोमा काँग्रेसलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको सरकारको निरंकुशता रकुशासनविरुद्ध सडकमा उत्रिएको काँग्रेसलाई सामाजिक सञ्जालमार्फत डा.भट्टराईले बधाई दिएका हुन् ।
लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्य क्षेत्रमध्ये सरकारमा सत्तापक्षको सदन तथा सडकमा विपक्षीको अधिकार र कर्तव्य रहने डा.भट्टराईले बताए ।
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखाएर स्थगित सदन बोलाउन पहल गर्नुपर्ने भट्टराईको माग छ । आफ्नो पार्टी पनि छिट्टै एकता समायाजनको काम सकर सडक र सदनमा गर्जने भट्टराईले बताए ।
‘ओली सरकारको निरंकुशतारकुशासनविरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाई ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकाररकर्तव्य हुन्छ,’ भट्टराईले भनेका छन्, ‘अब सदन बोलाउन पहल गरौं । जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक÷सदनमा गर्जन्छ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज (सोमबार) देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि काँग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण