भैरहवामा गर्जिए काँग्रेस नेता– ओली सरकार भ्रष्टाचारमा लिप्त
बुटवल । सरकारको गैरजिम्मेवारीपन र गलत कदमका विरुद्ध देशव्यापी प्रदर्शन गर्ने घोषित कार्यक्रमअन्तर्गत नेपाली काँग्रेसले सोमबार भैरहवामा पनि विरोध प्रदर्शन आयोजना गरेको छ ।
भैरहवामा आयोजित विरोध प्रदर्शनमा सहभागी काँग्रेस कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै भैरहवा बजार परिक्रमा गरेका थिए ।
प्रदर्शनपछि बुद्धचोकमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै काँग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाहले सरकार एकपछि अर्को गर्दै भ्रष्टाचारमा मुछिएको र भ्रष्टाचारीहरुलाई सरकारले नै संरक्षण गर्न थालेको आरोप लगाए ।
संसदको सार्वजनिक समितिले लेखा समितिले अनियमितता नियन्त्रणका लागि दिएको सुझावलाई कार्यान्वयन गर्नसमेत सरकारले ध्यान नदिएको आरोप लगाए । उनले भने, ‘सार्वजनिक लेखा समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ तर सरकारले त्यसतर्फ ध्यानै दिएको छैन ।’
काँग्रेसका अर्का केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्रीका निकट सहयोगी नै भ्रष्टाचारमा मुछिएको र प्रधानमन्त्रीले तिनलाई जोगाउने गरेको आरोप लगाए ।
उनले नेकपाको झगडा नीतिगत नभई भ्रष्टाचारकै भागवण्डा नमिल्दाको परिणाम भएको बताए । सरकारले कोरोना नियन्त्रण गर्नेतिर ध्यान नदिई राज्यकोषको दूरुपयोगतिर मात्र आफ्नो ध्यान केन्द्रित गरेको उनको आरोप थियो ।
सरकारको सर्वसत्तावादी प्रवृत्ति, कोभिड–१९ नियन्त्रणमा असफलता, स्वास्थ्य क्षेत्रमा अनियमितता, राज्य आतङ्क, चर्को मूल्यवृद्धि, भ्रष्टाचार, महिला हिंसा, कर वृद्धि र कुशासनविरुद्ध काँग्रेसले एकदिने विरोध प्रदर्शन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण