आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

युद्धविरामको एक महिनापछि अर्मानिया अजरबैजानबीच पुनः झडप, चार सैनिक मारिए; ६ घाइते

मङ्गलबार, ३० मङ्सिर २०७७, ०६ : ५६
मङ्गलबार, ३० मङ्सिर २०७७

अजरबैजान र अर्मानियाबीच नागोर्नो काराबाखको इलाकाको युद्ध समाप्त भएपछि यो सप्ताहन्तमा पहिलो पटक पुनः झडप भएको छ । 

बीबीसीमा प्रकाशित रिपोर्टका अनुसार फौजले दुई पहाडी गाउँलाई घेराबन्दी गरेको थियो जहाँ अर्मानियाका लडाकूले डेरा जमाएका थिए । 

यद्यपि, रुसका शान्ति सैनिकले त्यहाँ पुगेर स्थिती नियन्त्रणमा लिए । 

अजरबैजानका रक्षा मन्त्रालयले यो झडपमा उसका चार सैनिक मारिएको जानकारी दिएको छ । 

अर्कोतर्फ, अर्मानियाली पक्षले अजरबैजानको कारवाहीमा उसका ६ लडाकू घाइते भएको बताएका छन् । 

झडप कहाँ भयो ?

अजरबैजान–अर्मानियाबीच यो झडप नागोर्नो–काराबाखको दक्षिणी इलाकाको दुई गाउँमा भएको हो । 

अजेरी भाषामा यी गाउँलाई चाइलाक्काला र क्योना ताखलर भनिन्छ जबकि अर्मानियाली लवजमा यसको नाम खत्साबेर्ड र खिन ताखेर हो । 

१० नोभेम्बरमा जब दुई देशबीच युद्ध समाप्त भएको थियो तब अर्मानियाली सैनिकको एक टुकडी यी दुई गाउँमा बसिरहेको थियो । 

तर यस वरिपरिका इलाका कि त सुनसान पहाड हुन् वा अजेरी फौजको नियन्त्रणमा रहेको इलाका हुन् । 

चाइलाक्काला यी इलाका हुँदै गुज्रेन एक पहाडी सडकको किनारामा बसेको गाउँ हो र क्योना ताखलर यसको ठिक नजिकको गाउँ हो । 

यो सडकको पूर्व र पश्चिम दुबै छोर अब अजरबैजानको नियन्त्रण भएको इलाका हो । 

रुसका शान्ति सैनिकः

रुसी शान्ति सैनिकको एक सानो समूह यो गाउँमा सप्ताहन्तको अन्त्यमा पुग्यो र स्थितीलाई शान्त बनायो । हाल यसलाई अस्थायी रुपमा मात्रै हेरिएको छ । 
अर्मानियाको रक्षा मन्त्रालउले शनिबार अजरबैजानको कारवाहीलाई ‘हमलाको कोसिस’ बताएको छ । 

यसअघि शुक्रबार नागोर्नो–काराबाखको रक्षा मन्त्रालय (जसले मान्यता पाएको छैन) ले काराबाख डिफेन्स आर्मीका तीन सैनिक अजरबैजानसँग भएको झडपमा घाइते भएका थिए । 

रुसको रक्षा मन्त्रालयले हादरुत इलाकामा ११ डिसेम्बरमा संघर्ष बिरामको उल्लंघनको एक मामिला शान्ति सैनिकको जानकारीमा आएको पुष्टि गरेको छ ।

रुसी शान्ति सैनिकको मुख्यालयको तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, ‘हादरुतको इलाकामा सानो अटोमेटिक हतियारबाट गोलीबारीको घटना भएको छ । पूर्ण युद्धविरामका लागि दुबै पक्षलाई तत्काल भनिएको छ ।’

काराबाखमा स्थितीः

यद्यपि रुसी पक्षको बयानमा ११ डिसेम्बरमा हादरुतको इलाकामा भएको गोलीबारी संघर्ष विरामको एकमात्र घटना भएको बताएको छ । 

यता अजरबैजानका राष्ट्रपति इलहाम अलियेवले काराबाखमा स्थिती सामान्य भएता पनि यस्ता घटनामा उनले चिन्ता व्यक्त गरेका छन् । 

शनिबार बेलुका अजरबैजानका रक्षा मन्त्रालयले अर्मानियामाथि भड्काउनले किसिमको कारवाहीको आरोप लगाउँदै आफूले काराबाखमा संघर्ष विरामको पालना गरिरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप