शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

टम क्रुजले किन थर्काए आफ्नो ‘क्रूू’ सदस्यलाई ?

बुधबार, ०१ पुस २०७७, १६ : १९
बुधबार, ०१ पुस २०७७

एजेन्सी । हलिउडका सुपरस्टार टम क्रुजको एउटा अडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मिसन इम्पोसिबल ७ फिल्मको सुटिङका दौरान उनले आफ्ना ‘क्रु’ सदस्यलाई गाली गरिरहेका छन् ।  कोरोना भाइरस फैलन नदिनका लागि तय गरिएका नियमहरु पालना नगर्ने टिमका सदस्यहरुमाथि उनी खनिएका छन् । जहाँ उनले टिमका सदस्यहरुलाई थर्काउदैं भनेका छन्, ‘हामीले एउटा छवि बनाएका छौं ।

मानिसहरु हामीमाथि भरोसा गरेर हलिउडमा फिल्म बनाउन आउँछन् । उनीहरुलाई हामीहरुमाथि विश्वास छ । तर, हामी के गर्दैछौं ? मैले फोनमा हरेक स्टुडियोसँग, बिमा कम्पनीसँग र निर्माताहरुसँग हाम्रो फिल्म बिना रोकतोक बन्न सकोस् भनेर निरन्तर कुरा गरिरहेको छु । ताकि, हामी तिमीहरु जस्ताका लागि काम दिन सकौं । तर  तिमीहरुलाई यस कुराका कुनै मतलब नै छैन ।’

टम क्रुजले थर्काउने क्रम जारी राख्छन् र अनेक गाली दिन्छन् । त्यसो त सामाजिक सञ्जालमा कतिपयले टमको यस व्यवहारको तारिफ समेत गरेका छन् । यद्यपि, तथामान गाली गरेका कारण अधिकांशले उनको विरोध गरेका छन् । 
यद्यपी, टम क्रूजको उद्देश्य कोरोना भाइरसका कारण पैदा हुने समस्याहरुलाई टाढा राख्नुमात्रै रहेको देखिन्छ । त्यहीकारण उनले सतर्कता अपनाउन भन्दै आफ्नो टिमका सदस्यहरुलाई थर्काए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप