पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु
बुधबार, ०१ पुस २०७७, १६ : ५१
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी दिएको हो । मन्त्रालयका अनुसार ५ हजार ५ सय ५५ जनाको परीक्षण गर्दा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ९ हजार ७ सय ५७ रहेको छ भने पछिल्लो २४ घण्टामा संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । योसहित नेपालमा मृत्यु हुनेको संख्या १७४३ पुगेको छ । त्यस्तै २४घण्टामा संक्रमणमुक्त हुनेको संख्या ८४७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ रहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अम्बिका र शंकरको हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक
-
तार भूमिगत गरिएका स्थानबाट विद्युतीय पोलहरू हटाइने, इन्टरनेटको तार हटाउन प्राधिकरणको निर्देशन
-
पन्जाब किंग्ससँग राजस्थान रोयल्स ५ विकेटले पराजित
-
मधेसमा सत्ताका लागि दलहरूको दौडधुप, नयाँ सरकारको साँचो लोसपाको हातमा
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची